५ असार २०८३, शुक्रबार
Follow us :

सरकारी बैंकका सबै अध्यक्षले दिए पदबाट राजीनामा

कान्तिपुर प्रेस

काठमाडौं । सरकारी लगानी भएका सबै बैंकका अध्यक्षले पदबाट राजीनामा दिएका छन् ।

सरकारको सार्वजनिक संस्थामा राजनीतिक नियुक्ति लिएका व्यक्तिलाई बर्खास्त गरेपछि बैंकका अध्यक्षहरूले राजीनामा दिएका हुन् ।

अर्थ मन्त्रालय स्रोतका अनुसार राष्ट्रिय वाणिज्य बैंक अध्यक्ष सहित सबै सञ्चालकले राजीनामा दिएका हुन् । त्यसैगरी कृषि विकास बैंक र नेपाल बैंकमा भने अध्यक्षले मात्र राजीनामा दिएका छन् ।

राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक देवकुमार ढकाल थिए । त्यसैगरी सञ्चालकमा थानप्रसाद पँगेनी, लक्ष्मण घिमिरे, प्रा.डा.रामप्रसाद ज्ञवाली, रोमिला ढकाल उप्रेती, डा. सूर्यबहादुर राना र हरिकुमार सिलवाल थिए ।

२५ बैशाख २०८३, शुक्रबार ०९:२५ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०