१० असार २०८३, बुधबार
Follow us :

तोलामा १ हजार रुपैयाँ घट्यो सुन, चाँदी बढ्यो

कान्तिपुर प्रेस

काठमाडौं । आइतबार सुनको भाउ तोलामा १ हजार रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको भाउ प्रतितोला २ लाख ९८ हजार ९ सय रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन २ लाख ९९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै गत आइतबार सुनको भाउ तोलामा २ लाख ९५ हजार १ सय रुपैयाँ थियो । सुनको भाउ घटे पनि आज चाँदी बढेको छ । अघिल्लो दिनको तुलनामा २५ रुपैयाँ प्रतितोला चाँदी महँगिएको हो ।

अघिल्लो दिन ५ हजार २७५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ३ सय रुपैयाँ पुगेको छ । गत आइतबार प्रतितोला ५ हजार १० रुपैयाँमा चाँदी कारोबार भएको थियो ।

२७ बैशाख २०८३, आईतवार ११:५० मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०