३१ बैशाख २०८३, बिहीबार
Follow us :

शेयर बजार लगातार तेस्राे दिन घट्याे

कान्तिपुर प्रेस

काठमाण्डाै – शेयर बजार लगातार तेस्रो दिन घटेको छ । शेयर बजार परिसूचक नेप्से १० दशमलव ०७ अङ्कले घटेर २ हजार ७३० दशमलव १७ विन्दुमा झरेको छ ।

आज जीवन बीमा, म्युचल फन्ड र व्यापार बाहेक सबै समूहको सूचक घटेकोमा अन्य समूहको सूचक २ प्रतिशतले ओरालो लागेको छ ।

आज १७४ वटा कम्पनीको शेयर घटेकोमा ८० वटाको बढेको छ । यस्तै १४ वटा कम्पनीको शेयर घटबढ भएको छैन ।

आज एशियन हाइड्रोपावरको शेयर झन्डै १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन युनियन हाइड्रोपावरको शेयर ११ दशमलव २५ प्रतिशतले बढेको छ ।

आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । हिजो २ अर्ब ८० करोडको कारोबार भएकोमा आज ३३७ वटा कम्पनीका ७९ लाख ५८ हजार कित्ता शेयर ३ अर्ब २९ करोड रुपैयाँमा किनबेच भएको छ ।

३१ बैशाख २०८३, बिहीबार १५:४९ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०