काठमाडौं । निर्देशक मनोज पण्डित केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) को सदस्यमा नियुक्त भएका छन् । मन्त्रीस्तरीय निर्णयबाट उनलाई सदस्यमा नियुक्त गरिएको सूचना तथा सञ्चार मन्त्रालयका प्रवक्ता उदयबहादुुर रानामगरले जानकारी दिए ।
सरकारले गतसाता ल्याएको अध्यादेशपछि यसअघि नियुक्त ३ सदस्य पदमुक्त भएका थिए । तीमध्ये रिक्त एक पदमा पण्डित नियुक्त भएका हुन् । बाँकी २ रिक्त सदस्य पदमा नियुक्तीको तयारी भैरहेको प्रवक्ता रानामगरले बताए ।
पण्डितले आजै मन्त्रालयमा पुगेर नियुक्तीपत्र बुझ्नेछन् । सदस्यमा नियुक्त भएपछि प्रतिक्रिया दिँदै पण्डितले बोर्डको ब्यापक पुनर्संरचनाका लागि आफूले पहल गर्ने बताए ।
‘मुख्यतः फिल्म उद्योग र बोर्डबीच विश्वासको वातावरण सिर्जना गर्नुछ’ उनले भने, ‘हिजो प्रश्न गर्ने ठाउँमा थिएँ भने आज जवाफ दिने ठाउँमा पुगेको छु ।’ उनले सेन्सर बोर्डभित्र समस्या समाधानका लागि आफूले पहल गर्ने बताएका छन् ।











