४ जेष्ठ २०८३, सोमबार
Follow us :

नेपाली सेनाले सार्वजनिक गर्‍यो र्‍याप गीत

कान्तिपुर प्रेस

काठमाडौं । नेपाली सेनाले र्‍याप गीत सार्वजनिक गरेको छ ।

नेपाली सेनाको अफिसियल युट्युब च्यानलमा ‘रेन्जर’ बोलको गीत सार्वजनिक गरेको हो । सेनामा रेन्जर भन्नाले तालिम प्राप्त विशेष लडाकु हो ।

तीन दिन अघि सार्वजनिक भएको यो गीत आज मध्याह्नसम्म २६ हजार बढीले हेरेका छन् ।

गीतका शब्द प्रताप मगरले लेखेका छन् । बासुदेव धिमाल मुख्य निर्देशन र सिद्धार्थ मोक्तानले सहायक निर्देशनको भूमिका निर्वाह गरेका छन् ।

३ जेष्ठ २०८३, आईतवार १३:५१ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०