५ असार २०८३, शुक्रबार
Follow us :

संघीय संसद अन्तर्गत दुवै सदनको बैठक आज बस्दै (सम्भावित कार्य-सूचीसहित)

कान्तिपुर प्रेस

काठमाडाैं । संघीय संसद् अन्तर्गत प्रतिनिधि र राष्ट्रयसभाको बैठक साेमबार बस्दैछ।

प्रतिनिधि सभाकाे बैठक साेमबार बिहान ११ बजेदेखि शुरु हुने संसद सचिवालयले जनाएकाे हाे । बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल शुरु हुने भएकाे छ । आर्थिक वर्ष २०८३/०८४ को लागि कर प्रस्ताव बाहेक विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल शुरु हुने सम्भावित कार्यसूची रहेको छ ।

बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको सचिवालयले जनाएको हाे। संघीय संसद प्रतिनिधिसभाको दोस्रो अधिवेशनको यो छैठाैं बैठक हो ।

त्यस्तै, उता राष्ट्रियसभाको बैठक पनि साेमबारै दिउँसो सवा १ बजेदेखि शुरु हुने भएकाे छ। राष्ट्रिय सभामा पनि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल शुरु हुने सचिवालयले जनाएकाे हाे ।

४ जेष्ठ २०८३, सोमबार ०९:३३ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०