४ जेष्ठ २०८३, सोमबार
Follow us :

नेकपा एमालेकाे सचिवालय बैठक आज गुण्डुमा बस्दै

कान्तिपुर प्रेस

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक साेमबार बस्ने भएकाे छ ।

अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा साेमबार दिउँसो १ बजे बैठक बस्ने भएकाे हाे । यहि जेठ २ गते बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै साेमबारका लागि सारिएको छ । ११ औं महाधिवेशनपछि नेताहरुको कार्यविभाजन नभएकाले साेमबार बस्ने बैठकाे मुख्य एजेण्डा यसमै केन्द्रित हुने कार्यालय सचिव डा.भिष्म अधिकारीले बताउनुभएकाे छ।

केन्द्रीय सदस्यलाई पालिकास्तरको जिम्मेवारी दिएर पठाउने तयारी पनि भएकाे एमालेले जाएकाे हाे । हरेक केन्द्रीय सदस्यलाई पालिकाको इन्चार्ज बनाएर आगामी स्थानी तहको निर्वाचनमा पार्टीलाई बलियो बनाउन निर्देशन गरिनेछ । त्यसैगरी केन्द्रीय विभाग तथा निकायमा जिम्मेवारी बाँडफाँडको तयारी रहेकाे हाे ।

बैठकले गत फागुनमा भएको निर्वाचनको समीक्षाका लागि केन्द्रीय कमिटीको बैठकको मिति समेत तोकिने भएकाे छ। बैठकमा सरकारले जबरजस्ती हटाएका सुकुम्बासी, उनीहरुको व्यवस्थापन तथा सरकारका पछिल्ला काम कारबाही र यसले जनताका पारेको नकारात्मक असरका बारेमा पनि छलफल हुने एमालेले जनाएकाे हाे ।

४ जेष्ठ २०८३, सोमबार ०९:३८ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०