१० जेष्ठ २०८३, आईतवार
Follow us :

हप्ताको पहिलो कारोबार दिन आज सुनचाँदीको भाउ घट्यो

कान्तिपुर प्रेस

काठमाण्डौ – हप्ताको पहिलो कारोबार दिन आज सुनको भाउ २ हजार ८०० रुपैयाँले घटेको छ ।

अस्ति शुक्रबार २ लाख ९३ हजार ७०० रुपैयाँ रहेको सुनको भाउ आज २ हजार ८०० रुपैयाँले घटेर तोलाको २ लाख ९० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । शुक्रबार ६५ रुपैयाँले बढेको चाँदीको भाउ आज १०५ रुपैयाँले घटेर तोलाको ५ हजार १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

अघिल्लो हप्ता चाँदीको भाउ तोलाको ५ हजार ११५ रुपैयाँ थियो ।

१० जेष्ठ २०८३, आईतवार १२:५७ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०