५ असार २०८३, शुक्रबार
Follow us :

विविधताबीचको एकताले नै राष्ट्रिय भावनालाई प्रगाढ बनाउने राष्ट्रपति पाैडेलकाे विश्वास

कान्तिपुर प्रेस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको एकताले नै राष्ट्रिय भावनालाई प्रगाढ बनाउँदै आपसी भाइचारा र समानताको सन्देश प्रवाह गर्न मद्दत गर्दछ भन्ने विश्वास व्यक्त गर्नुभएकाे छ।

राष्ट्रपति पाैडेलले बिहीबार मुस्लिम समुदायको महान् पर्व ईद-उल-अज्हा (बकर इद) को अवसरमा एक शुभकामना शन्देश जारी गर्दै यस्ताे विश्वास व्यक्त गर्नुभएकाे हाे ।

सबैमा सुख, शान्ति तथा समृद्धिका लागि शुभकामना व्यक्त गर्दै राष्ट्रपति पौडेलले यस इद पर्वले मातृभूमिसँगको आत्मीय सम्बन्ध अझ प्रगाढ बनाउँदै राष्ट्रिय समृद्धि र विकासमा योगदान पुर्‍याउने उल्लेख गर्नुभएकाे छ।

राष्ट्रपति पौडेलले विश्वास, समर्पण र समाज सेवाको सन्देश बोक्ने यस्ता चाडपर्वले विशेष विभिन्न स्थानमा छरिएर रहेका नेपालीको धार्मिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्भाव कायम गर्ने उल्लेख गर्नुभएकाे हाे ।

साथै उहाँले यस पर्वले सहिष्णुता, मेलमिलाप, एकता, भ्रातृत्व एवं सह-अस्तित्वका आधारमा आ-आफ्नो मौलिक संस्कृति तथा परम्पराको संरक्षण, संवर्द्धन र विकासमा टेवा पुग्ने अपेक्षा गर्नुभयाे ।

बकर इदको माध्यमबाट सबै नेपालीबीच प्रेम, करुणा, त्याग, सहिष्णुता, भद्र राष्ट्रिय एकताको भावना प्रगाढ बनाउँदै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा प्रदान गरोस् भनी राष्ट्रपति पौडेलले शुभकामना समेत व्यक्त गर्नुभयाे ।

१४ जेष्ठ २०८३, बिहीबार ०८:०६ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०