१४ जेष्ठ २०८३, बिहीबार
Follow us :

गजुरेलको डेब्यू नाटक ‘महाभारत’ आजबाट

कान्तिपुर प्रेस

काठमाडौं – हाँस्य कलाकार मनोज गजुरेलको डेब्यू नायक ‘महाभारत’ बिहीबारदेखि मञ्चन सुरु हुने भएको छ ।

यस नाटकको शीर्ष भूमिकामा गुजरेल अनुबन्ध भएका छन् । दुई दशकभन्दा बढीको सक्रिय कलाकारितापछि उनले पहिलो नाटक गरेका हुन् ।

कान्तिपुर थिएटरले गजुरेललाई दिएर नाटक गर्ने भएको हो ।

थिएटरका अनुसार यस नाटकमा २० जना कलाकार रहेका छन् । वरिष्ठ कलाकार रमेश बुढाथोकी पनि यस फिल्मको शीर्ष कलाकार हुन् ।

असार ७ सम्म चल्ने यस नाटक भारतीय लेखक कुलदीप कुणालले लेखेका हुन् । नवीन भट्टले नेपालीमा रुपान्तरण गरी निर्देशन गरेका हुन् ।

१४ जेष्ठ २०८३, बिहीबार १६:४६ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०