काठमाडौँ । सानिमा बैंकले नेपाल क्लियरिङ हाउस (NCHL) सँगको सहकार्यमा नेपाल–भारतबीच रियल टाइम पर्सन-टु-पर्सन (P2P) भुक्तानी सेवा सञ्चालनमा ल्याएको छ। नयाँ सेवामार्फत दुई देशबीच सुरक्षित, छिटो र कम लागतमा रकम पठाउन तथा प्राप्त गर्न सकिने बैंकले जनाएको छ।
बैंकका अनुसार यस सेवाको प्रमुख विशेषता प्रयोगकर्ताले आफ्नो बैंक खाताको विवरण साझा नगरी नै रकम आदानप्रदान गर्न सक्ने व्यवस्था हो। यसले सीमा पार हुने डिजिटल भुक्तानीलाई अझ सुरक्षित, सहज र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
विद्यार्थी, रोजगारी तथा व्यवसायका सिलसिलामा भारत–नेपाल आवतजावत गर्ने व्यक्ति, यात्रु तथा दुई देशमा बसोबास गर्ने परिवारका लागि यो सेवा विशेष रूपमा उपयोगी हुने बैंकको विश्वास छ।
सानिमा बैंकले हाल देशभर १३४ शाखा कार्यालय र १२७ एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ। बैंकले डिजिटल बैंकिङ सेवाको विस्तारसँगै ग्राहकलाई आधुनिक, सुरक्षित र सहज वित्तीय सेवा उपलब्ध गराउने रणनीतिलाई निरन्तरता दिएको जनाएको छ।











