१९ असार २०८३, शुक्रबार
Follow us :

सिटिजन लाइफद्वारा कालिकोटका ५७ विपद् प्रभावित परिवारलाई राहत सामग्री वितरण

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत कालिकोट जिल्लाका विपद् प्रभावित ५७ परिवारलाई राहत सामग्री वितरण गरेको छ।

आर्थिक ब्युरो

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत कालिकोट जिल्लाका विपद् प्रभावित ५७ परिवारलाई राहत सामग्री वितरण गरेको छ।

कम्पनीले कर्णाली प्रदेश पर्यटकीय तथा सांस्कृतिक संरक्षण केन्द्रसँगको समन्वयमा शुभकालिका गाउँपालिका, महावै गाउँपालिका, खाँडाचक्र नगरपालिका तथा तिलागुफा नगरपालिकाका विभिन्न वडामा रहेका प्रभावित परिवारलाई स्ट्याण्डर्ड डबल सिरक तथा डसना वितरण गरेको जनाएको छ। प्राकृतिक विपद्का कारण समस्यामा परेका परिवारलाई न्यानो सामग्री उपलब्ध गराई उनीहरूको दैनिक जीवनयापनमा केही सहजता प्रदान गर्ने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको हो।

राहत वितरण कार्यक्रममा सिटिजन लाइफ इन्स्योरेन्सका एजेन्सी म्यानेजर राजु सिजापतिको विशेष उपस्थिति रहेको थियो। उनले कार्यक्रमको समन्वय र व्यवस्थापन गर्दै प्रभावितहरूलाई सामग्री हस्तान्तरण गरेका थिए। स्थानीय निकाय तथा सम्बन्धित संघसंस्थाहरूको सहकार्यमा सम्पन्न उक्त कार्यक्रममा कम्पनीले आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन र सामाजिक उत्थानका क्षेत्रमा यस्तै समुदायमुखी कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

१९ असार २०८३, शुक्रबार २०:३६ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०