१९ असार २०८३, शुक्रबार
Follow us :

ओप्पोद्वारा नयाँ स्मार्टफोन ‘ए सिक्स एस प्रो’ सार्वजनिक

५० मेगापिक्सेल सेल्फी क्यामेरा, ७,००० एमएएच ब्याट्री र ८० वाट द्रुत चार्जिङसहित नेपाली बजारमा, मूल्य ५६ हजार ९९९ रुपैयाँ

कान्तिपुर प्रेस

ओप्पोले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन ‘ओप्पो ए सिक्स एस प्रो’ सार्वजनिक गरेको छ। आकर्षक डिजाइन, उच्चस्तरीय सेल्फी क्यामेरा र शक्तिशाली कार्यसम्पादनका साथ आएको यस स्मार्टफोनको आधिकारिक मूल्य ५६ हजार ९९९ रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ।

फोनमा ५० मेगापिक्सेलको १०० डिग्री अल्ट्रा–वाइड सेल्फी क्यामेरा रहेको छ, जसले फराकिलो दृश्यसहित स्पष्ट र प्राकृतिक तस्बिर खिच्न सहयोग गर्छ। पछाडिको भागमा ५० मेगापिक्सेल मुख्य क्यामेरा र २ मेगापिक्सेल सहायक क्यामेरा सहितको दोहोरो क्यामेरा प्रणाली जडान गरिएको छ।

यसमा ६.५७ इन्चको एमोलेड डिस्प्ले रहेको छ, जसले १२० हर्ज रिफ्रेस दर र १,४०० निट्स उज्यालोपन उपलब्ध गराउँछ। यसका कारण कडा घाममा पनि स्पष्ट दृश्य अनुभव गर्न सकिने कम्पनीको दाबी छ।

फोनमा ७,००० एमएएच क्षमताको ब्याट्री रहेको छ, जसलाई ८० वाट द्रुत चार्जिङ प्रविधि मार्फत करिब ६१ मिनेटमै पूर्ण रूपमा चार्ज गर्न सकिने बताइएको छ।

कार्यसम्पादनका लागि मिडियाटेक हेलियो जी१०० प्रोसेसर जडान गरिएको यस फोनमा आईपी–६९के स्तरको पानी र धुलो प्रतिरोधी सुरक्षा पनि रहेको छ।

‘लुमिना फरेस्ट’ र ‘इक्लिप्स ब्लू’ गरी दुई रङमा उपलब्ध यो स्मार्टफोन आकर्षक त्रि–आयामिक चमकदार डिजाइनमा बजारमा ल्याइएको कम्पनीले जनाएको छ।

१९ असार २०८३, शुक्रबार २०:५७ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०