७ श्रावण २०८३, बिहीबार
Follow us :

शिक्षा–स्वास्थ्यको ३ प्रतिशत समता कर फिर्ता हुने, ५० दिनभित्र खातामा रकम जम्मा गरिने

कान्तिपुर प्रेस

शिक्षा र स्वास्थ्य सेवामा लगाइएको ३ प्रतिशत समता कर खारेज भएसँगै नागरिकले तिरेको कर फिर्ता पाउने भएका छन्।बुधबार बसेको मन्त्रिपरिषद् बैठकले साउन १ गतेदेखि कर खारेज हुने निर्णय कार्यान्वयन नहुँदासम्म शिक्षा र स्वास्थ्य सेवामा तिरिएको ३ प्रतिशत समता कर सम्बन्धित व्यक्ति वा संस्थाको खातामा बढीमा ५० दिनभित्र फिर्ता गर्ने निर्णय गरेको हो।

प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयका अनुसार साउन ६ गतेसम्म नागरिकले तिरेको कर फिर्ता गर्ने प्रक्रिया अघि बढाइनेछ। यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अर्थ मन्त्रालयलाई आवश्यक निर्देशन दिने तयारी गरेको छ।

त्यसपछि अर्थ मन्त्रालयले आन्तरिक राजस्व विभाग, कोष तथा लेखा नियन्त्रक कार्यालय तथा सम्बन्धित शैक्षिक र स्वास्थ्य संस्थालाई परिपत्र जारी गरी कर फिर्ता गर्ने प्रक्रिया अगाडि बढाउनेछ। सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रको सेवा महँगो नबनोस् र नागरिकलाई थप आर्थिक भार नपरोस् भन्ने उद्देश्यले समता कर खारेज गरेको जनाएको छ। अब कर फिर्ता गर्ने निर्णयसँगै सेवाग्राहीले अतिरिक्त रूपमा तिरेको रकम सम्बन्धित खातामा फिर्ता पाउने बाटो खुलेको छ।

७ श्रावण २०८३, बिहीबार ०७:३० मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०