१३ श्रावण २०८३, बुधबार
Follow us :

नेप्से ओरालो लाग्यो, ४ अर्बको कारोबार

१८६ कम्पनीको शेयर मूल्य घट्दा ७८ कम्पनीमा वृद्धि, गरिमा समृद्धि योजनाका लगानीकर्ता बढी प्रभावित

कान्तिपुर प्रेस

काठमाडौं । बुधबार नेपाली शेयर बजार सामान्य अंकले घटेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७.७९ अंकले घटेर २६८८.८८ विन्दुमा कायम भएको हो।

यस दिन बजारमा ७८ कम्पनीको शेयर मूल्य बढेको छ भने १८६ कम्पनीको शेयर मूल्य घटेको छ। त्यस्तै, ११ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ। बुधबार कुल ४ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ।

सामान्य गिरावट आएको बजारमा गरिमा समृद्धि योजनाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन्। उक्त योजनाका लगानीकर्ताले ६.६० प्रतिशतका दरले घाटा व्यहोरेका छन्।

त्यस्तै, सिभिल बैंक डिबेन्चर २०८८ का लगानीकर्ताले ६.०१ प्रतिशत गुमाएका छन् भने मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले ४.५४ प्रतिशतका दरले घाटा बेहोरेका छन्।

यसैगरी, कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताले ४.४२ प्रतिशत तथा शुभम पावर लिमिटेडका लगानीकर्ताले ४.२६ प्रतिशतका दरले गुमाएका छन्।

बजारमा अधिकांश कम्पनीको शेयर मूल्य घट्दा नेप्से परिसूचक दबाबमा परेको हो। कारोबार रकम भने ४ अर्ब रुपैयाँको स्तरमा कायम रहेको छ।

 

१३ श्रावण २०८३, बुधबार १५:३६ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०