१९ श्रावण २०८३, मंगलवार
Follow us :

नबिल र शाइन रेसुंगा बैंकले जिते आईसीसी इमर्जिङ एसिया बैंकिङ अवार्ड

कान्तिपुर प्रेस

नबिल बैंक र शाइन रेसुंगा डेभलपमेन्ट बैंकले चौथो आईसीसी इमर्जिङ एसिया बैंकिङ अवार्ड जितेका छन् । भारतको वाणिज्य तथा उद्योग क्षेत्रको प्रतिष्ठित संस्था इण्डियन चेम्बर अफ कमर्स (आईसीसी) ले नयाँदिल्लीमा गरेको चौथो आईसीसी इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एन्ड अवार्डस्–२०२६ मा नबिलले वाणिज्य बैंकहरुतर्फ र शाइन रेसुंगाले विकास बैंकतर्फ अवार्ड जितेका हुन् ।

शाइन रेसुंगाले बेस्ट डेभलपमेन्ट बैंक अवार्डसँगै बेस्ट पर्फर्मेन्स अन प्रोफिटेबिलिटी तथा बेस्ट पर्फर्मेन्स अन ग्रोथ गरी तीन विधामा अवार्ड प्राप्त गरेको छ ।विशेषगरी विकास बैंकतर्फ शाइन रेसुंगाले एकैसाथ तीन विधामा उत्कृष्टता हासिल गर्नु नेपाली वित्तीय संस्थाहरूको सुशासन, वित्तीय अनुशासन, नाफा आर्जन क्षमता तथा दिगो वृद्धिको संकेतका रूपमा विश्लेषण गरिएको छ ।

अवार्डका लागि इण्डियन चेम्बर अफ कमर्सको इकोनोमिक अफेयर्स एण्ड पोलिसी डिपार्टमेन्टले बिम्स्टेक राष्ट्रहरु नेपाल, भारत, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका र थाइल्याण्डका बैंक तथा वित्तीय संस्थाहरूबाट खुलारूपमा आवेदन आह्वान गरेको थियो ।

दक्षिण एसियाली मुलुकका बैंक तथा वित्तीय संस्थाहरूले इमर्जिङ एसिया बैंकिङ अवार्ड–२०२६ का विभिन्न विधामा प्रतिस्पर्धा गरेका थिए । सहभागी संस्थाहरूको वित्तीय अवस्था, संस्थागत सुशासन, व्यवसाय विस्तार, नाफाको अवस्था, नवप्रवर्तन, ग्राहक सेवा तथा समग्र कार्यसम्पादनलगायतका विभिन्न सूचकका आधारमा मूल्यांकन गरिएको थियो ।

विश्वव्यापी रूपमा बिग फोर व्यावसायिक सेवा प्रदायक कम्पनीमध्ये एक मानिने पीडब्लुसीले १५० भन्दा बढी देश र करिब ७०० स्थानबाट सेवा प्रदान गर्दै आएको छ । अन्तर्राष्ट्रिय वित्तीय मूल्यांकन र लेखापरीक्षण क्षेत्रमा पीडब्लुसीको संलग्नताले पुरस्कारको विश्वसनीयता थप बलियो बनाएको आयोजकले जनाएको छ ।

सन् १९२५ मा स्थापना भएको इण्डियन चेम्बर अफ कमर्स भारतको अग्रणी तथा राष्ट्रिय स्तरको वाणिज्य मण्डल हो । दक्षिण एसियाली मुलुकहरूबीच व्यापार, लगानी, वित्तीय सहकार्य तथा आर्थिक साझेदारी प्रवर्धनमा सक्रिय आईसीसीले हरेक वर्ष बैंकिङ तथा वित्तीय क्षेत्रका उत्कृष्ट संस्थाहरूलाई सम्मान गर्दै आएको छ।

१९ श्रावण २०८३, मंगलवार ११:३३ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०