२० श्रावण २०८३, बुधबार
Follow us :

प्रिपेड ग्राहकलाई एनसेलको उपहार, प्रत्येक प्याकमा क्यासब्याक

मनसुनलाई लक्षित गर्दै एनसेलले आफ्ना प्रिपेड ग्राहकका लागि नयाँ ‘मनसुन अफर’ सार्वजनिक गरेको छ। अफरअन्तर्गत योग्य प्याक एक्टिभेट गर्ने वा नयाँ प्रिपेड सिम खरिद गर्ने ग्राहकले ५ प्रतिशतदेखि २० प्रतिशतसम्म तत्काल क्यासब्याक रिवार्ड प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

कान्तिपुर प्रेस

मनसुनलाई लक्षित गर्दै एनसेलले आफ्ना प्रिपेड ग्राहकका लागि नयाँ ‘मनसुन अफर’ सार्वजनिक गरेको छ। अफरअन्तर्गत योग्य प्याक एक्टिभेट गर्ने वा नयाँ प्रिपेड सिम खरिद गर्ने ग्राहकले ५ प्रतिशतदेखि २० प्रतिशतसम्म तत्काल क्यासब्याक रिवार्ड प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार योजनामा सहभागी हुन ग्राहकले कम्तीमा ५० रुपैयाँ वा सोभन्दा बढी मूल्यको योग्य प्याक एक्टिभेट गर्नुपर्नेछ। प्याक सक्रिय भएपछि ग्राहकले रिवार्ड पुष्टि हुने एसएमएस प्राप्त गर्नेछन् भने क्यासब्याक रकम एनसेल एपमा रहेको ग्राहकको खातामा जम्मा गरिनेछ।

प्राप्त क्यासब्याक रिवार्ड जारी भएको २४ घण्टाभित्र दाबी गर्नुपर्नेछ। साथै, दाबी गरिएको रिवार्ड सात दिनभित्र प्रयोग गरिसक्नुपर्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

एनसेलका अनुसार प्रत्येक योग्य प्याक खरिदमा ग्राहकले क्यासब्याक रिवार्ड प्राप्त गर्नेछन्। विभिन्न खरिदबाट प्राप्त भएका रिवार्ड संकलन गरेर प्रयोग गर्न सकिने भए पनि उक्त रिवार्ड अर्को व्यक्तिलाई हस्तान्तरण गर्न वा नगदमा रूपान्तरण गर्न भने मिल्ने छैन।

अफरअनुसार ५० देखि ९९ रुपैयाँसम्मको योग्य प्याक खरिदमा ५ प्रतिशत, १०० देखि २०० रुपैयाँसम्ममा १० प्रतिशत, २०१ देखि ४९९ रुपैयाँसम्ममा १५ प्रतिशत तथा ५०० रुपैयाँ वा सोभन्दा माथिको योग्य प्याक खरिदमा २० प्रतिशतसम्म क्यासब्याक उपलब्ध हुनेछ।

एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्तले ग्राहकलाई थप मूल्य प्रदान गर्दै डिजिटल अनुभवलाई अझ समृद्ध बनाउने उद्देश्यले यो अभियान सञ्चालन गरिएको बताए। उनका अनुसार एनसेल एपमार्फत उपलब्ध विभिन्न डिजिटल सेवा, साझेदारी सुविधा तथा विशेष अफरमा ग्राहकको पहुँच विस्तार गर्ने लक्ष्यसहित यो योजना ल्याइएको हो।

सीमित अवधिसम्म सञ्चालन हुने यो अफर एनसेलका प्रिपेड ग्राहकका लागि मात्र उपलब्ध रहने कम्पनीले जनाएको छ।

२० श्रावण २०८३, बुधबार १३:०६ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०