२२ श्रावण २०८३, शुक्रबार
Follow us :

चार सार्वजनिक निकायको सिफारिसमा चार निर्माण कम्पनी तथा आपूर्तिकर्ता कालोसूचीमा

सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायको सिफारिसपछि चार निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ।

कान्तिपुर प्रेस

सार्वजनिक खरिद अनुगमन कार्यालयले चार सार्वजनिक निकायको सिफारिसका आधारमा चार निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ। कार्यालयले शुक्रबार सूचना जारी गर्दै सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ बमोजिम उक्त निर्णय लागू गरिएको जनाएको हो।

कार्यालयका अनुसार कालोसूचीमा परेका कम्पनी तथा संयुक्त उपक्रमले तोकिएको अवधिसम्म कुनै पनि सार्वजनिक निकायको खरिद प्रक्रियामा सहभागी हुन पाउने छैनन्।

कालोसूचीमा पर्नेमा ईश्वरणी कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रालि, काठमाडौं एक वर्ष ६ महिनाका लागि परेको छ। त्यसैगरी अपन निर्माण सेवा, ललितपुर दुई वर्षका लागि कालोसूचीमा परेको छ।

यस्तै, खड्क निर्माण सेवा, बझाङ, एन.एल. कन्ट्रक्सन एन्ड सप्लायर्स प्रालि, काठमाडौं र माण्डौँ निर्माण सेवा (संयुक्त उपक्रम) लाई तीन वर्षका लागि कालोसूचीमा राखिएको छ। एम.आर.–आरजे जेभी, सिराहा, आशिष कन्ट्रक्सन, चितवन र आशिष कन्ट्रक्सन मल्टिपर्पोज प्रालि, उदयपुर (संयुक्त उपक्रम) पनि तीन वर्षका लागि कालोसूचीमा परेका छन्।

कार्यालयका अनुसार यी निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई क्रमशः विराटनगर महानगरपालिका, सूर्या नगरपालिका, छबिसपाथिभेरा गाउँपालिका (बझाङ) र सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, राजविराज को सिफारिसका आधारमा कालोसूचीमा राखिएको हो।

२२ श्रावण २०८३, शुक्रबार ०७:५७ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०