२६ श्रावण २०८३, मंगलवार
Follow us :

नाइमा मोबिलिटी एक्स्पो २०२६ आजदेखि

काठमाडौँको भृकुटीमण्डपमा मंगलबारदेखि ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ सुरु हुँदैछ। नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा हुने एक्स्पो आगामी भदौ पहिलो सातासम्म सञ्चालन हुनेछ।नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणालीलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको एक्स्पोमा स्वदेशी तथा बहुराष्ट्रिय सवारीसाधन निर्माता र आयातकर्ताको सहभागिता रहनेछ।

कान्तिपुर प्रेस

ईभी र नयाँ मोडल मुख्य आकर्षण

एक्स्पोमा विभिन्न ब्रान्डका नयाँ मोडलका विद्युतीय कार, ई–स्कुटर तथा विद्युतीय व्यावसायिक सवारीसाधन मुख्य आकर्षणका रूपमा रहनेछन्। नेपालमा भित्रिएका नयाँ सवारीसाधन तथा तिनमा प्रयोग भएका आधुनिक प्रविधि पनि प्रदर्शनीमार्फत सार्वजनिक गर्ने तयारी गरिएको आयोजकले जनाएको छ।यसैगरी, अटोमोबाइल पार्टपुर्जा, ब्याट्री, चार्जिङ स्टेसन तथा विभिन्न एक्सेसरिजका स्टलसमेत एक्स्पोमा राखिनेछन्।

बैंक तथा वित्तीय संस्थाका अफर

एक्स्पोमा विभिन्न बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीको समेत सहभागिता रहनेछ। सवारीसाधन खरिदकर्तालाई लक्षित गर्दै वित्तीय संस्थाले विशेष अफर तथा सहुलियत दरमा कर्जा योजनासमेत उपलब्ध गराउने आयोजकको भनाइ छ।नेपालमा हरित ऊर्जा तथा विद्युतीय सवारीसाधनको प्रयोग बढिरहेको समयमा आयोजना हुन लागेको एक्स्पोले अटोमोबाइल क्षेत्रलाई थप प्रविधिमैत्री बनाउन तथा उपभोक्तालाई विभिन्न सवारीसाधनबारे एकै स्थानबाट जानकारी लिन सहयोग पुग्ने अपेक्षा गरिएको छ। एक्स्पो बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ।

२६ श्रावण २०८३, मंगलवार ०६:४७ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०