२७ श्रावण २०८३, बुधबार
Follow us :

माउन्ट एभरेष्ट पावरको ८६ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत

कान्तिपुर प्रेस

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेड (MEPDL) को आईपीओ सूचीकृत भएको छ। सो दिन नेप्सेमा कम्पनीको ८६ लाख कित्ता सूचीकृत भएको हो।कम्पनीले सर्वसाधारणमा वितरण गरेको २५ लाख ८० हजार कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको ६० लाख २० हजार कित्ता शेयर गरी कुल ८६ लाख कित्ता नेप्सेमा सूचीकृत भएको हो।

अब कम्पनीको शेयर आज, बुधबारको स्पेशल प्रि ओपन सेसनमा कारोबार भएपश्चात नियमित बजारमा कारोबार हुनेछ। पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। कम्पनीको शेयर (MEPDL) टिकरमा कारोबार हुनेछ।

२७ श्रावण २०८३, बुधबार ०७:२४ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०