२७ श्रावण २०८३, बुधबार
Follow us :

होङछी ईएचएस ४ नेपालमा सार्वजनिक, मूल्य ५७ लाख ९९ हजार

चिनियाँ लक्जरी ब्रान्ड होङछी नेपालमा प्रवेश गरेको छ। ईएचएस ४ एसयूभी नाइमा अफरमा ५७ लाख ९९ हजार ९९९ रुपैयाँमा उपलब्ध हुनेछ।

कान्तिपुर प्रेस

चिनियाँ लक्जरी अटोमोबाइल ब्रान्ड होङछी नेपाली बजारमा प्रवेश गरेको छ। विशाल ग्रुपअन्तर्गतको एड्भान्स अटोमोबाइल्स प्रालिले जारी नाइमा मोबिलिटी एक्स्पोमा होङछी ईएचएस ४ एसयूभी सार्वजनिक गर्दै नेपाली बजारमा ब्रान्ड प्रवेश गराएको हो।

४६० किलोमिटर रेन्ज, २० मिनेटमा ३० देखि ८० प्रतिशत चार्ज

कम्पनीले ईएचएस ४ को आधिकारिक मूल्य ५९ लाख ९९ हजार ९९९ रुपैयाँ तोकेको छ। नाइमा अफरअन्तर्गत भने ग्राहकले ५७ लाख ९९ हजार ९९९ रुपैयाँमै यो एसयूभी खरिद गर्न सक्नेछन्।

होङछी चीनको प्रतिष्ठित सरकारी स्वामित्वको अटोमोबाइल ब्रान्ड हो। नेपाल ल्याइएको ईएचएस ४ मा १६० किलोवाट क्षमताको इलेक्ट्रिक मोटर छ, जसले २४० न्युटन मिटर टर्क उत्पादन गर्छ। यसमा ६७.१ किलोवाट आवरको ब्याट्री प्याक छ। कम्पनीका अनुसार यसले एकपटकको पूर्ण चार्जमा डब्लूएलटीपी मापदण्डअनुसार ४६० किलोमिटर रेन्ज दिन्छ।

आईपी६७ रेटिङको ब्याट्रीमा डीसी फास्ट चार्जिङमार्फत ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न करिब २० मिनेट लाग्ने कम्पनीले जनाएको छ। ४५२० एमएम लामो, १८७३ एमएम चौडा र १६४७ एमएम अग्लो एसयूभीमा ३९३ लिटरको बुट स्पेस छ, जसलाई पछाडिका सिट फोल्ड गर्दा १३०० लिटरसम्म विस्तार गर्न सकिन्छ।

क्याबिनमा ८.८ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र १४.६ इन्चको सेन्ट्रल टचस्क्रिन छ। भेन्टिलेटेड फ्रन्ट सिट, ६४ रङको एम्बियन्स लाइट, हिट पम्प, अटोमेटिक क्लाइमेट कन्ट्रोल, प्यानोरामिक ग्लास रूफ र पावर टेलगेटलगायत सुविधा छन्।

सुरक्षातर्फ ६ एयरब्याग, ३६० डिग्री सराउन्ड-भ्यू क्यामेरा, एडप्टिभ क्रुज कन्ट्रोल, लेन सेन्टरिङ, अटोमेटिक लेन चेन्ज, ट्राफिक साइन रिकग्निसन, एडभान्स्ड इमर्जेन्सी ब्रेकिङ, लेन किपिङ असिस्ट र ब्लाइन्ड स्पट डिटेक्सनलगायत एडीएएस फिचर दिइएको छ।

२७ श्रावण २०८३, बुधबार १२:५२ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०