२८ श्रावण २०८३, बिहीबार
Follow us :

कारोबार बढ्यो, युनिलिभर नेपालको नाफामा ठूलो गिरावट

युनिलिभर नेपाल लिमिटेडको कारोबार बढे पनि खर्च उच्च दरले बढ्दा आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकमा कम्पनीको खुद नाफा करिब १९ प्रतिशत घटेको छ। कम्पनीको अपरिष्कृत वित्तीय विवरणअनुसार सञ्चालन आम्दानी ८ दशमलव ५ प्रतिशतले बढेर २ अर्ब २५ करोड ६० लाख रुपैयाँ पुगेको छ। तर कुल खर्च १८ दशमलव ६ प्रतिशतले बढेर १ अर्ब ७९ करोड ४७ लाख रुपैयाँ पुगेको छ।

कान्तिपुर प्रेस

खर्च बढेपछि कम्पनीको खुद नाफा अघिल्लो वर्षको ४८ करोड ५७ लाख रुपैयाँबाट घटेर ३९ करोड ८ लाख रुपैयाँमा सीमित भएको छ। कम्पनीका अनुसार कच्चा पदार्थ र प्याकेजिङ सामग्रीको मूल्य वृद्धि, भूराजनीतिक तनाव तथा आपूर्ति शृंखलामा देखिएको अवरोधले लागत बढाएको हो।

कम्पनीका तीनवटै प्रमुख व्यावसायिक समूहको कारोबार भने बढेको छ। विशेषगरी होम केयर व्यवसाय आम्दानी वृद्धिको मुख्य आधार बनेको कम्पनीले जनाएको छ। नाफा घटेसँगै प्रतिशेयर आम्दानी पनि ५१६ रुपैयाँबाट घटेर ४७४ रुपैयाँमा आएको छ।

कम्पनीले आगामी दिनमा मूल्य समायोजन, नयाँ उत्पादन, ब्रान्ड निर्माण, वितरण प्रणाली विस्तार र खर्च नियन्त्रणमार्फत नाफा मार्जिन सुधार गर्ने जनाएको छ।

२८ श्रावण २०८३, बिहीबार २२:४८ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०