३ भाद्र २०८३, बुधबार
Follow us :

ललितपुर उद्योग वाणिज्य संघको अध्यक्ष पदमा भूमि नन्दन कर्माचार्यको उम्मेदवारी

कान्तिपुर प्रेस

ललितपुर / ललितपुर उद्योग वाणिज्य संघको आगामी आश्विन २३ र २४ गते हुने ४७औँ वार्षिक साधारण सभा तथा नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनमा संघका वर्तमान महासचिव भूमि नन्दन कर्माचार्यले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्।

पाटन सौगल स्थित बि. जि. ट्रेडिङ सेन्टरका सञ्चालक कर्माचार्य २०७० सालदेखि संघको कार्यसमितिमा आबद्ध छन् । उनले ३ पटक कार्यसमिति सदस्य, सामाजिक सेवा समितिको संयोजक, कोषाध्यक्ष हुँदै हाल महासचिवको पदीय दायित्व निर्वाह गर्दै हालसम्म ५ कार्यकाल संघमा जिम्मेवारी सम्हाली सकेका छन् । संघको रजत जयन्तीका अवसरमा संघको इतिहास मै पहिलो पटक संघको रजतजयन्ती लोगो अंकित सिक्का निष्कासन, जावलाखेलमा संघको लोगो अंकित रजतजयन्ती स्तम्भ स्थापना तथा छात्रवृत्ति कोषलाई करिब रु. ३ लाख ५० हजारबाट बढाएर करिब रु. २७ लाख पुर्‍याउने एवं वस्तुगत संघको संस्थागत विकासका लागि संघबाट सहयोग बजेट बृधिमा समेट व्यवस्था गरिदै गए सो कार्यमा आफ्नो भूमिका रहेको उनले बताए। बिनाशकारी भुकम्प लगायत कोभिडको समयमा पनि संघका सदस्यहरू लगायत अन्य पीडितहरुलाई आफै प्रत्यक्ष रूपमा संलग्न भै राहत एवं पुनर्स्थापनाका कार्यहरूमा सक्रिय भूमिका निर्बाह गर्नु का साथै संघका जेष्ठ सदस्यहरुलाई सम्मान गर्न बिभिन्न कार्यक्रमहरू अघि बढाएको जानकारी गराए ।

२०७७ देखि २०८० सम्म कोषाध्यक्षका रूपमा संघको आर्थिक अवस्था सुदृढीकरणमा काम गरेका कर्माचार्य २०८० सालदेखि महासचिवको जिम्मेवारीमा छन्। महासचिवका रूपमा सचिवालय सुदृढीकरण, तालिम, गोष्ठी तथा अन्तरक्रिया कार्यक्रम विस्तार, बागमती प्रदेश सरकारको सहयोगमा ललितपुर बिजनेस इन्क्युबेशन सेन्टर स्थापना तथा डिजिटल प्रणाली विकासमा काम गरिएको उनले जानकारी दिए। फुटपाथ व्यापार, पार्किङ, कर तथा राजस्वका समस्या समाधानका लागि स्थानीय सरकारसँग निरन्तर पहल गरिएको उनको भनाइ छ।

कर्माचार्य खाद्य व्यापार संघ ललितपुरका उपाध्यक्ष, नेपाल मुद्रा संकलक संघका उपाध्यक्ष, नेपाल फिलाटेलिक सोसाइटीका पूर्वसचिव तथा अनवरत रक्तदान नेपालका संस्थापक कोषाध्यक्षसमेत हुन्।

निजी क्षेत्रको आवाजलाई संघ, प्रदेश र स्थानीय सरकारसम्म सशक्त रूपमा पुर्‍याउने, उद्योगी–व्यवसायीको हकहित तथा व्यवसायिक सुरक्षालाई प्राथमिकता दिने र संघको संस्थागत भूमिका थप प्रभावकारी बनाउने उनले प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमा संघको नेतृत्वदायी भूमिकाबाट संघमा अझ शसक्त रुपमा क्रियाशील हुने अवसर प्राप्त हुने अपेक्षा गरेका छन् ।

“महासचिवको पदिय दायित्व निर्वाह गर्दै गर्दा मैले संघलाई अझ नजिकबाट चिन्ने बुझ्ने मौका पाएको छु, सदस्यको समस्या बुझेको छु। अब अध्यक्षको कुर्सीबाट त्यो समस्या निराकरण गर्ने जिम्मेवारी लिन चाहन्छु” कर्माचार्यले भने।

आफ्नो विगतको कामको मूल्यांकन गर्दै संघमा आबद्ध उद्योगी–व्यवसायी सदस्यहरु बाट विश्वास र समर्थन प्राप्त हुने अपेक्षा व्यक्त गर्दै उनले आगामी निर्वाचनमा आदरणीय उद्योगी–व्यवसायी सदस्यज्यूहरुमा आफूलाई मत दिएर सेवा गर्ने अवसर प्रदान गर्न आग्रह गरेका छन्।

३ भाद्र २०८३, बुधबार १६:२९ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०