काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ६१ पैसा र बिक्रीदर १५० रुपैयाँ २१ पैसा कायम गरिएको छ ।
राष्ट्र बैंकका अनुसार युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ६४ पैसा र बिक्रीदर १६७ रुपैयाँ ३० पैसा तथा बेलायती पाउन्ड स्ट्रलिङ एकको खरिददर १९९ रुपैयाँ ३६ पैसा र बिक्रीदर २०० रुपैयाँ १६ पैसा निर्धारण गरिएको छ । स्वीस फ्र्याङ्क एकको खरिददर १८० रुपैयाँ ६१ पैसा र बिक्रीदर १८१ रुपैयाँ ३४ पैसा रहेको छ ।
त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ७४ पैसा र बिक्रीदर १०३ रुपैयाँ १५ पैसा, क्यानेडियन डलरको खरिददर १०५ रुपैयाँ १२ पैसा र बिक्रीदर १०५ रुपैयाँ ६४ पैसा तथा सिङ्गापुर डलरको खरिददर ११६ रुपैयाँ ६८ पैसा र बिक्रीदर ११७ रुपैयाँ १५ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ ४१ पैसा र बिक्रीदर नौ रुपैयाँ ४५ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ४३ पैसा र बिक्रीदर २२ रुपैयाँ ५२ पैसा कायम गरिएको छ । साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ८६ पैसा र बिक्रीदर ४० रुपैयाँ २ पैसा तथा कतारी रियालको खरिददर ४१ रुपैयाँ ५ पैसा र बिक्रीदर ४१ रुपैयाँ २१ पैसा रहेको छ ।
थाई भाट एकको खरिददर चार रुपैयाँ ४५ पैसा र बिक्रीदर चार रुपैयाँ ४६ पैसा, यूएई दिराम एकको खरिददर ४० रुपैयाँ ७३ पैसा र बिक्रीदर ४० रुपैयाँ ९० पैसा तथा मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८७ पैसा तोकिएको छ ।
दक्षिण कोरियन वन १०० को खरिददर ११ रुपैयाँ २३ पैसा र बिक्रीदर ११ रुपैयाँ २७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ८ पैसा र बिक्रीदर १५ रुपैयाँ १४ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ २९ पैसा र बिक्रीदर २२ रुपैयाँ ६८ पैसा कायम गरिएको छ ।
यसैगरी हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ७ पैसा र बिक्रीदर १९ रुपैयाँ १५ पैसा, कुवेती दिनार एकको खरिददर ४८५ रुपैयाँ ३५ पैसा र बिक्रीदर ४८७ रुपैयाँ ३० पैसा, बहराइन दिनार एकको खरिददर ३९६ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३९८ रुपैयाँ २८ पैसा तथा ओमानी रियाल एकको खरिददर ३८८ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३९० रुपैयाँ १४ पैसा निर्धारण गरिएको छ ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ ।











