काठमाडौं । भारत, चीन र इजरायलका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा तीनै राजदूतले शपथ लिएका हुन् ।
शपथ लिनेमा भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा र इजरायलका लागि सुरेशकुमार कर्ण रहेका छन् ।उनीहरूले राष्ट्रपति पौडेलसमक्ष राजदूत पदको पद तथा गोपनीयताको शपथ लिएका हुन् । समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।
३० कार्तिक २०८३, सोमबार १२:५१ मा प्रकाशित











