२६ माघ २०८२, आईतवार
Follow us :

अमेरिकी राष्ट्रपति ट्रम्पको आदेशपछि नेपालमा एमसीसी भुक्तानी रोकियो

कान्तिपुर प्रेस

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको निर्णयसँगै नेपालमा कार्यान्वयनमा आएको अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को भुक्तानी प्रक्रिया ९० दिनका लागि स्थगन भएको छ।

अर्थ मन्त्रालयले मंगलबार एमसीसीको भुक्तानी प्रक्रिया स्थगन भएको जानकारी गराएको हो। फागुन २ गते इमेलमार्फत् नेपाल सरकार र उक्त निकायबिच सम्पन्न कमप्याक्ट अन्तर्गत कार्यान्वयन भइरहेको आयोजना सम्बन्धि भुक्तानी ९० दिनको लागि स्थगन भएको जानकारी पाएको मन्त्रालयले जनाएको छ।

अमेरिकी राष्ट्रपति ट्रम्पले जनवरी २० मा जारी गरेको आदेश अनुसार एमसीसी फन्डको भुक्तानी रोकिएको मन्त्रालयले प्रष्ट पारेको हो।

६ फाल्गुन २०८१, मंगलवार १५:२८ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०