१० चैत्र २०८१, सोमबार
Follow us :

भ्रष्टाचार नियन्त्रण बिना सुशासन सम्भव छैन: सञ्चारमन्त्री गुरुङ

कान्तिपुर प्रेस

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सुशासनको माध्यमबाट मुलुकमा समृद्धि ल्याउन सरकार कटिबद्ध रहेको बताउनुभएको छ । लमजुङको बेंसीसहर नगरपालिका –७ स्थित सहजी खेल मैदानमा आज जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको ‘प्रथम लमजुङ खेलकुद तथा सांस्कृतिक महोत्सव’को उद्घाटन गर्दै मन्त्री गुरुङले सो कुरा बताउनुभएको हो ।

सुशासन कायम गर्न भ्रष्टाचार नियन्त्रण जरुरी रहेको उहाँको भनाइ छ । अहिलेसम्म बिग्रिएका सबै कुराको सुधार गर्दै मुलुकलाई सही दिशातर्फ प्रेरित गर्न सरकार अग्रसर भएको उहाँले बताउनुभयो । हामी आर्थिक सुधार गर्ने चरणमा छौं’ मन्त्री गुरुङले भन्नुभयो,  ‘यो सरकारले राम्रा काम गरिरहेको छ, पुँजीगत खर्च धेरै बढाउने र रोकिएका विकासका कार्य निर्माणमा जोड दिन अहिलेको सरकार केन्द्रित रहेको छ ।’

सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले लमजुङ खेलकुद र संस्कृतिका हिसाबले धनी जिल्ला भएको उल्लेख गर्दै यसको संरक्षण र प्रवर्धन आवश्यक रहेको बताउनुभयो । देशलाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरसम्म चिनाउन खेलकुद अत्यन्त महत्वपूर्ण विधा भएको मन्त्री गुरुङले बताउनुभयो । उहाँले जिल्लामा यस्ता महोत्सवबाट लुकेका प्रतिभा पहिचान गर्न मद्दत पुग्ने चर्चा गर्नुभयो । भ्रष्टाचार नियन्त्रण गर्न नीतिगत सुधार गर्न जरुरी रहेको मन्त्री गुरुङको भनाइ छ।

७ फाल्गुन २०८१, बुधबार ००:१० मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०