९ चैत्र २०८१, आईतवार
Follow us :

एनसेल सिइओ जब्बोर कायुमोभको सुझाव: दूरसञ्चार क्षेत्रमा नीति सुधार आवश्यक

कान्तिपुर प्रेस

एनसेलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) जब्बोर कायुमोभले नेपाली दूरसञ्चार क्षेत्रमा विदेशी लगानीका लागि नीति सुधार गर्न आवश्यक रहेको बताएका छन्। उनले बिहीवार आयोजित दूरसञ्चारको भविष्य निर्माण: नीति र नवप्रवर्तनमा अन्तर्दृष्टि कार्यक्रममा सम्बोधन गर्दै यस्तो बताएका हुुन् ।

उनले भारत जस्ता छिमेकी देशहरूमा भइरहेको विदेशी लगानीको उदाहरण दिँदै नेपालले पनि लगानी आकर्षित गर्न र टेलिकम क्षेत्रको विकासमा ध्यान दिनुपर्ने बताएका छन्। उनले लाइसेन्स नवीकरण प्रक्रिया सरल बनाइ र दीर्घकालीन लगानीलाई प्रोत्साहन गर्नुपर्ने विचार राखे।

उनले नेपालमा दूरसञ्चार क्षेत्रको विकासका लागि विदेशी लगानीलाई स्वागत गर्दै, यस क्षेत्रमा अत्याधुनिक प्रविधिको आवश्यकता पनि व्यक्त गरे। कायुमोभले विदेशी मुद्राको स्वीकृतिमा हुने ढिलासुस्तीका कारण समस्यामा परेको अनुभव पनि साझा गरे।Franklin nex box

तत्कालीन दूरसञ्चार ऐन र कर्पोरेट फौजदारी दायित्वका प्रावधानका कारण व्यवस्थापनको असुरक्षित महसुस भएको पनि उनले जनाएका छन्। यस प्रावधानले निर्णय गर्ने स्वतन्त्रता र नेतृत्वमा चुनौती सिर्जना गरेको उनको भनाई छ ।

कायुमोभले मन्त्रालय र नियामक निकायसँग सहकार्य गर्दै सेवा सुधारका लागि छलफल गरिरहेको र यसका लागि उपयुक्त कदम चाल्न तयार रहेको बताएका छन्।

उनले नेपालमा विदेशी लगानी आकर्षित गर्नका लागि देशको नीतिगत सुधार र वातावरणको आवश्यकता औंल्याए, ताकि टेलिकम क्षेत्रको विकास र नवप्रवर्तनलाई गति दिन सकिन्छ।

८ फाल्गुन २०८१, बिहीबार १५:२१ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०