१० चैत्र २०८१, सोमबार
Follow us :

माघदेखि फागुनसम्म सुनको भाउमा निरन्तर वृद्धि, दुई महिनामा १५ हजारले महँगियो

यो साता नेपाली बजारमा चाँदीको मूल्य पनि बढाेत्तरी भएकाे छ । आइतवार प्रतिताेला एक हजार ९५५ रुपैयाँ कायम रहेको चाँदीकाे मूल्य साताको अन्त्यमा मुल्य प्रतिताेला एक हजार ९९० रुपैँया कायम भएको छ । यो मूल्य साताको पहिलो दिनको तुलनामा प्रतिताेला ३५ रुपैयाँले वृद्धि भएको छ।

कान्तिपुर प्रेस

सुन र चाँदीको भाउमा क्रमिक रुपमा उकालो लागिरहेको छ । पछिल्लाे २ महिनायता सुन लगातार महंगिरहेकाे छ । साेहि क्रममा, फागुन लागेपछि पनि सुनकाे भाउ बढ्याे ।

याे साता सुन ताेलामा २ हजार ५०० रूपैयाँले वृद्धि भएकाे छ। साताको पहिलो दिन, आइतवार सुन प्रतिताेला एक लाख ६७ हजार ५०० रुपैयाँ ताेकिएकाे थियाे । यो साता सुनको भाउमा क्रमशः वृद्धि देखियाे । साेमबार प्रतिताेला एक लाख ६८ हजार ७०० रूपैयाँमा काराेबार भएकाे सुन मंगलबार एक लाख ६९ हजार ४०० रूपैयाँ र बुधबार एक लाख ७० हजार ५०० रूपैयाँमा खरिदबिक्री भयाे । तर, बिहीबार भने सुन याे साताकै उच्चस्तरमा पुगेर ताेलाकाे एक लाख ७१ हजार रूपैयाँ पुग्याे । तर, साताको अन्त्यमा शुक्रबार सुन सस्तिएर ताेलाकाे एक लाख ७० हजार रूपैयाँमा झर्याे ।

यो साता नेपाली बजारमा चाँदीको मूल्य पनि बढाेत्तरी भएकाे छ । आइतवार प्रतिताेला एक हजार ९५५ रुपैयाँ कायम रहेको चाँदीकाे मूल्य साताको अन्त्यमा मुल्य प्रतिताेला एक हजार ९९० रुपैँया कायम भएको छ । यो मूल्य साताको पहिलो दिनको तुलनामा प्रतिताेला ३५ रुपैयाँले वृद्धि भएको छ।

सुनको भाउमा गत महिना पनि उल्लेख्य वृद्धि देखिएको थियो । माघमा सुन तोलामा १२ हजार ५०० रुपैयाँले महंगिएको थियो । माघ १ गते सुन प्रतितोला एक लाख ५५ हजार रुपैयाँ तोकिएको थियो जुन सो महिनाको अन्तिम दिन तोलाको एक लाख ६७ हजार ५०० रुपैयाँ पुगेको थियो ।

यसैगरी, चाँदीको मूल्य पनि अघिल्लो महिना ११० रुपैयाँले बढेको थियो । गत महिनाको चाँदी प्रतितोला एक हजार ८२० रुपैयाँ थियो जुन बढेर एक हजार ९३० रुपैयाँमा कारोबार भएको थियो।

१० फाल्गुन २०८१, शनिबार ०१:२२ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०