८ चैत्र २०८१, शनिबार
Follow us :

प्रेम, संघर्ष र रमाइलोको संगम: ‘होस्टेल ३’ फागुन २३ मा प्रदर्शन हुँदै

कान्तिपुर प्रेस

फिल्म ‘होस्टेल ३’को ट्रेलर सार्वजनिक गरिएको छ ।अभिनेता प्रवीण खतिवडाको ‘भ्वाइस ओभर’बाट सुरु भएको ट्रेलरले कलेज र होस्टेल जीवनको रमाइलो पक्ष देखाउँदै प्रेम, द्वन्द्व, त्याग, सङ्घर्ष र षड्यन्त्रको कथा पेस गरेको छ ।

कमेडीको पनि मिश्रण रहेको ट्रेलरले फिल्मको कथा अभिनेता पारस बम ठकुरी (कुल ब्वाय)मा केन्द्रित रहेको प्रष्ट पार्छ । सशान कँडेलको निर्देशनमा बनेको फिल्ममा पारससहित रिहान गिरि, आशिष घिमिरे, पदम तामाङ, सिम्रन पन्त, हेना नगरकोटी, समा पराजुली, उमर खान, सन्तोष बानियाँ, रोहन श्रेष्ठ, आशिष पुरुष लगायतको अभिनय छ ।

यही फागुन २३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्ममा निर्देशक कँडेल स्वयंको कथा र माधव शर्माको पटकथा तथा संवाद छ ।सम्मान इन्टरटेनमेन्ट र आरोन कन फिल्म्सले निर्माणमा सहकार्य गरेको फिल्मका निर्माताहरु सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी हुन् भने कार्यकारी निर्मातामा शङ्कर कोइराला छन् ।

सह-निर्माताहरु शिशिर ज्ञवाली, कुन्दन गुप्ता र अनीश सिग्देल हुन् । अर्जुन तिवारीको डिओपी, बुद्ध थापा र मनोज खत्रीको सिनेमाटोग्राफी, हिमाल केसीको द्वन्द्व र विकास दाहालको सम्पादन छ ।

१० फाल्गुन २०८१, शनिबार ०१:३५ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०