१० चैत्र २०८१, सोमबार
Follow us :

सात महिनामा १५ अर्बको विद्युतीय गाडी आयात, सरकारको नीतिले बढायो बजार आकर्षण

कान्तिपुर प्रेस

चालुु आर्थिक वर्ष २०८१/८२ को सात महिनामा साढे १५ अर्ब रुपियाँ बराबरको विद्युुतीय गाडी आयात भएका छन् । भन्सार विभागको तथ्याङ्क अनुसार चालुु आवको साउनदेखि माघसम्म १५ अर्ब ४० करोड २१ लाख ९७ हजार रुपियाँ बराबरको विद्युुतीय गाडी आयात भएका हुुन् । विद्युुतीय गाडी आयात गरेर नौ अर्ब आठ करोड ४२ लाख रुपियाँ राजस्वसमेत सङ्कलन भएको छ । सबैभन्दा धेरै विद्युुतीय गाडी रसुुवागढी भन्सार नाका र तातोपानी भन्सार नाकाबाट आयात भएका छन् ।

सात महिनामा चीनसँगको व्यापारिक रसुवागढी नाकाबाट नौ अर्ब ७९ करोड रुपियाँ बराबरको विद्युुतीय गाडी आयात भएको रसुुवागढी भन्सार कार्यालयले जनाएको छ । विद्युतीय गाडी आयात गरेर पाँच अर्ब ९३ करोड रुपियाँ राजस्व सङ्कलन भएको छ ।

यस्तै सात महिनामा तातोपानी भन्सार नाकाबाट पाँच अर्ब ३७ करोड ५६ लाख २५ हजार रुपियाँ बराबरको गाडी आयात भएको छ । सो नाकाबाट विद्युुतीय गाडी आयातमार्फत दुुई अर्ब ९४ करोड ९३ लाख ७७ हजार रुपियाँ राजस्व सङ्कलन गरिएको तातोपानी भन्सार कार्यालयले जनाएको छ ।

पछिल्लो समय बजारमा विद्युतीय गाडीको आकर्षण बढ्दै गएको छ । विद्युतीय गाडीको प्रवर्धन गर्ने सरकारको नीतिसँगै डिजेल, पेट्रोलबाट चल्ने गाडीको तुलनामा सस्तो पर्ने हुँदा उपभोक्ताको रोजाइमा विद्युतीय सवारी पर्न थालेको हो ।

१० फाल्गुन २०८१, शनिबार ०२:०४ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०