चिनियाँ मोबाइल निर्माता कम्पनी टेक्नोले आफ्ना स्मार्टफोनहरूमा डिपसिक एलएलएमको एआई प्रविधि समावेश गरेको छ । यो नवीनतम प्रविधिले टेक्नो ब्रान्डका फोनलाई अझ स्मार्ट, फास्ट र प्रभावकारी बनाउने दाबी कम्पनीले गरेको छ ।
कम्पनीका अनुसार डिपसिक एलएलएम प्रविधिले भ्वाइस कमान्ड, स्मार्ट क्यामेरा, द्रुत अनुवाद, र अन्य उपयोगी एआई टुललाई अझ सहज र उन्नत बनाएको छ । यसको सहयोगमा प्रयोगकर्ताहरूले आफ्नो दैनिक कार्यहरू छिटो र सरल रूपमा गर्न सक्नेछन् । जसले गर्दा विद्यार्थी, व्यवसायी तथा प्रविधि प्रेमीहरूलाई थप सुविधा प्रदान गर्ने कम्पनीको दाबी छ ।
नेपालमा किफायती मूल्यमा अत्याधुनिक प्रविधि उपलब्ध गराउँदै आएको टेक्नोले ठुलो डिस्प्ले, शक्तिशाली क्यामेरा र टिकाउ ब्याट्री आदि जस्ता सुविधाले गर्दा ग्राहकको ध्यान खिच्दै आएको छ । डिपसिक एलएलएम समावेश भएसँगै टेक्नोले एआई इनोभेसनमा नयाँ बेन्चमार्क सेट गर्दै नेपालभरका प्रयोगकर्ताहरूलाई अझ स्मार्ट र सहज प्रविधि अनुभव गराउने बताएको छ ।