१० चैत्र २०८१, सोमबार
Follow us :

एनसेल र खल्ती वालेटको फ्ल्यास सेल अफर सुरु

कान्तिपुर प्रेस

मोबाइल सेवाप्रदायक एनसेलले खल्ती वालेटसँगको सहकार्यमा अब हरेक आइतबार खल्ती एपमा पनि फ्ल्यास सेल अफर उपलब्ध गराउने भएको छ । यस अफरअन्तर्गत खल्ती एपबाट एनसेलका विशेष प्याक खरिद गर्दा ग्राहकले बोनस डेटा, टक टाइम तथा आकर्षक उपहार जित्ने मौका पाउनेछन् ।

फागुन ११ देखि सुरु भएको यो अफर चैत ९ सम्म सञ्चालन हुनेछ । अफरका लागि ग्राहकले खल्ती एपबाट एनसेलका सात विशेष प्याकमध्ये कुनै एक खरिद गर्नुपर्नेछ । यी प्याकमा ‘सधैं अन’ का चार, ‘होम एन्ड अवे’ का दुई र ‘९९९ अनलिमिटेड’ प्याक समावेश छन् ।

 

बोनस सुविधाः

-सधैं अन प्याक– ५ जीबी, ८ जीबी वा १० जीबी बोनस डेटा

-होम एन्ड अवे प्याक– ५ जीबी वा ७ जीबी बोनस डेटा

-९९९ अनलिमिटेड डेटा प्याक– १०० मिनेट अन-नेट टक टाइम बोनस

पहिले एनसेल एपमा मात्र उपलब्ध रहेको यो अफर अब खल्ती एपमा पनि लागु गरिएको हो ।

उदाहरणका लागि, यदि ग्राहकले खल्तीबाट ‘सधैं अन ७९९ प्याक’ किनेमा उक्त प्याकमा समावेश अनलिमिटेड टक टाइम, ३० जीबी डेटा, ७९ अल-नेट एसएमएसबाहेक थप ५ जीबी बोनस डेटा प्राप्त गर्न सक्नेछन् ।

खल्तीसँगको यो साझेदारीले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने र सेवासमेत अझ सरल बनाउने एनसेलको अपेक्षा छ । साथै, हरेक शनिबार एनसेल एपमा उपलब्ध फ्ल्यास सेल अफर पनि निरन्तर रहने कम्पनीले जनाएको छ । जसअनुसार ग्राहकले फागुन २४ सम्म न्यूम्यूका सामान खरिद गर्दा २० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

१२ फाल्गुन २०८१, सोमबार १३:११ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०