भिभो एक्स २०० प्रो स्मार्टफोन मङ्गलबारदेखि नेपाली बजारमा आउने भएको छ । १६ जीबी र्याम तथा ५१२ जीबी स्टोरेज रहेको यो स्मार्टफोन भोलि काठमाडौंमा हुने एक कार्यक्रमका बीच सार्वजनिक हुन लागेको हो ।
३२ मेगा पिक्सेलको फ्रन्ट क्यामेरा रहेको यस फोनको पछाडि भागमा ५०/५० मेगापिक्सेलका दुई र २०० मेगापिक्सेलको एक गरी तीन ओटा क्यामेरा रहेका छन् । जसमा स्न्यापशट, ल्यान्डस्केप, पोट्रेट, हाई रेजोलुसन, पानो, अल्ट्रा एचडी डकुमेन्ट लगायतका क्यामेरा फिचर उपलब्ध छन् ।
डाइमेन्सिटी ९४०० प्रोसेसर रहेको यो फोनमा अक्टा कोर सीपीयू राखिएको छ । एन्ड्रोइड भर्सन १५ समावेश यो फोन फनटच ओएस १५ अपरेटिङ सिस्टममा चल्छ । स्मार्टफोनमा ६,००० एमएएच क्षमताको ब्याट्री दिइएको छ । यस्तै ९० वाटको फ्ल्याश चार्जर र ३० वाटको वायरलेस चार्जर उपलब्ध हुने भएकाले प्रयोगकर्ताले फार्ट चार्जिङको अनुभव पाउन सक्नेछन् ।
एक्स २०० प्रो टाइटेनियम, कालो र निलो रङमा उपलब्ध हुनेछ । टाइटेनियम र ब्लु रङको मोबाइलको आकार १६२.३६ × ७५.९५ × ८.४९ एमएम तथा ब्ल्याक रङको स्मार्टफोनको आकार १६२.३६ × ७५.९५ × ८.२० एमएम रहेको छ ।
ब्ल्याक रङको स्मार्टफोन २२३ ग्राम र टाइटेनियम र ब्लु कलरको तौल २२८ ग्राम रहेको छ । थ्रीडी अल्ट्रासोनिक सिङ्गल-पोइन्ट फ्रिङ्गरप्रिन्ट सेन्सर रहेको यस समार्टफोनमा ६.७८ इन्चको डिस्प्ले रहेको छ । यस स्मार्टफोनमा २८०० × १२६० पिक्सेलको रेजोलुसन रहेको छ ।
भारतमा करिब ९६ हजार भारु पर्ने यो फोन नेपाली बजारमा कति मूल्यमा उपलब्ध हुन्छ भन्ने कुराका लागि भने कम्तीमा भोलिसम्म पर्खिनु पर्नेछ ।