३ माघ २०८२, शुक्रबार
Follow us :

शिवपुरी निर्देशित वृत्तचित्रलाई सर्वोत्कृष्ट राष्ट्रिय वृत्तचित्र अवार्ड

कान्तिपुर प्रेस

शिवपुरी निर्देशित वृत्तचित्र ‘डिजाइन्ड टु डिस्यपियर’ ले नेपाल–अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, २०२५ मा सर्वोत्कृष्ट राष्ट्रिय वृत्तचित्रको अवार्ड प्राप्त गरेको छ । पुरीले वृत्तचित्रबाट सर्वोत्कृष्ट सम्पादनको अवार्ड पनि पाउनुभएको छ । महोत्सवमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पुरस्कार प्रदान गर्नुभयो । तीन दिनसम्म चलेको महोत्सवमा नेपालसहित १७ देशका ४९ वटा चलचित्र समावेश थिए ।

महोत्सवमा सर्वोत्कृष्ट अफ्रिकन चलचित्रको अवार्ड दक्षिण अफ्रिकाबाट गुड मदरले र अफ्रिकन वृत्तचित्रको अवार्ड क्यामरुनको जायदले प्राप्त गरेको थियो । अन्तर्राष्ट्रिय वृत्तचित्रको अवार्ड भारतका देवेन्द्र जादव निर्देशित वृत्तचित्र लोनी ट्युन्सले, अन्तर्राष्ट्रिय चलचित्रको अवार्ड बङ्गलादेशको चलचित्र सौदाले, अन्तर्राष्ट्रिय लघु चलचित्रको स्पेसल मेन्सन अवार्ड संयुक्त अधिराज्यको लघु चलचित्र जेन्ट पपेट्स फर डिग्निफाइड मिन्सुरेसन्सले प्राप्त गरेका थिए । अन्तर्राष्ट्रिय जुरी अवार्ड अर्जेन्टिनाको लघु वृत्तचित्र दी टेम्पल अफ इटर्नल साउन्डले जित्यो । कार्यक्रम महोत्सवका अध्यक्ष डा. मञ्जु मिश्रको सभापतित्व सम्पन्न भएको थियो ।

१३ फाल्गुन २०८१, मंगलवार ०१:३३ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०