८ चैत्र २०८१, शनिबार
Follow us :

नागरिक एपको नयाँ संस्करणमा ‘ओनर भेरिफिकेसन’, ‘सर्भिस ग्रुपिङ’ लगायतका सुविधा

प्रयोगकर्तालाई अझ सुरक्षित र सहज बनाउने लक्ष्यसहित नयाँ अपडेट सार्वजनिक गरिएको नागरिक एपले जनाएको छ । हाल, एपमा अकाउन्ट बनाउन प्रयोगकर्ताको आफ्नै नामको सिम अनिवार्य गरिएको छ । एप स्रोतका अनुसार आगामी बिहीबारदेखि एपमा नागरिक एपमा एनआईडी नम्बरबाट खाता खोल्न सकिनेछ । आईओएस प्रयोगकर्ताका लागि पनि केही दिनमै नयाँ संस्करणको एप उपलब्ध हुने बताइएको छ ।

कान्तिपुर प्रेस

नागरिक एपमा राष्ट्रिय परिचयपत्र (एनआईडी) नम्बरकै आधारमा खाता खोल्न सकिने सुविधा थपिएको छ । मंगलबार गुगल प्ले स्टोरमा सार्वजनिक भएको एपको नयाँ संस्करण २.०.४३ सँगै यो सुविधा उपलब्ध भएको हो ।

यसअघि नागरिकता, राहदानी वा भोटर आईडी नम्बर राखेर खाता खोल्न सकिन्थ्यो । अब एनआईडी नम्बर प्रविष्ट गरेरै नयाँ खाता खोल्न सकिने भएपछि दर्ता प्रक्रिया थप सरल बन्ने अपेक्षा गरिएको छ ।

नयाँ अपडेटमा ओनर भेरिफिकेसन (Owner Verification), सर्भिस ग्रुपिङ (Service Grouping), क्यूआर स्क्यान सुधार, गेट पास अनुरोध प्रक्रियामा सहजता लगायतका सुविधा थपिएका छन् । त्यस्तै, लोकसेवा आयोगका भुक्तानी प्रणालीलाई सुधार गर्दै अब झनै छिटो र प्रभावकारी बनाइएको छ ।
पहिलेको संस्करणमा एपको होमस्क्रिनमा सबै सेवा एकै ठाउँमा राखिएकोमा नयाँ संस्करणमा ‘कागजातहरू’, ‘सामाजिक सुरक्षा’ र ‘अन्य सेवाहरू’ छुट्टै समूहमा हेर्न सकिन्छ ।

यस अपडेटमा विभिन्न बग (त्रुटि) समाधान पनि गरिएको नागरिक एपले जनाएको छ । प्यान दर्तामा देखिएका समस्या समाधान गरिएका छन् भने सीआईएमएस प्रणालीका बग फिक्स गरिएका छन् । त्यस्तै, नोटिफिकेसन सम्बन्धी समस्या हटाइएको छ भने ओप्पो मोबाइलमा देखिएको कालो स्क्रिन समस्या समाधान गरिएको छ ।

प्रयोगकर्तालाई अझ सुरक्षित र सहज बनाउने लक्ष्यसहित नयाँ अपडेट सार्वजनिक गरिएको नागरिक एपले जनाएको छ । हाल, एपमा अकाउन्ट बनाउन प्रयोगकर्ताको आफ्नै नामको सिम अनिवार्य गरिएको छ । एप स्रोतका अनुसार आगामी बिहीबारदेखि एपमा नागरिक एपमा एनआईडी नम्बरबाट खाता खोल्न सकिनेछ । आईओएस प्रयोगकर्ताका लागि पनि केही दिनमै नयाँ संस्करणको एप उपलब्ध हुने बताइएको छ ।

१५ फाल्गुन २०८१, बिहीबार ०७:३१ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०