३ माघ २०८२, शुक्रबार
Follow us :

नेपाली पत्रकारितामा सुधार आवश्यक, प्रेसमैत्री कानुन ल्याउन जोड

कान्तिपुर प्रेस

सामाजिक सञ्जाल विधेयकका कमजोरीमा छलफल गर्नुपर्ने र सञ्चार क्षेत्रले देशको समृद्धिका लागि कलम चलाउनु पर्ने औंल्याइएको छ । प्रेस चौतारी नेपालको दोस्रो सुदूरपश्चिम प्रदेश अधिवेशनको उद्घाटन सत्रमा बोल्ने वक्ताहरुले यस्तो धारणा राखेका हुन् ।

नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री लेखराज भट्टले नेपालमा सामाजिक सञ्जाल हेर्दा गाली ‘संस्कृति’का रुपमा विकास भइरहेको बताउनुभयो । ‘‘गाली समाजिक सञ्जालको विशेषता भइरहेको छ गाली गर्न सकेबहादुरी ठान्ने गरेको छ ।,’’ सचिव भट्टले भन्नुभयो, ‘‘सामाजिक सञ्जाल विधेयक पढ्दै नपढी विरोध गरिरहेका छन् । पढेर कमजोरीहरूमा बहस गरौं ।’’

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी विभाजनका सन्दर्भमा नेता भट्टले केपी ओलीको मृत्युुमा आफ्नो राजनीतिक भविष्य देख्नुभएका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ओलीले मृत्यु जितेपछि छट्पटिएको र ओलीले पनि फरक बाटो रोज्नुपरेको बताउनुभयो ।

‘‘संविधानमा भएको सम्मानपूर्वक बाँच्ने अधिकारको ख्याल गर्नुछ, विचार तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्नुछ,’’ एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले भन्नुभयो, ‘‘सामाजिक सञ्जालका लगानीकर्ता र प्रयोगकर्तालाई जिम्मेवार बनाउने गरी आएको कानुन बुझ्दै नबुझी विरोध मात्रै गर्नु हुँदैन, कानुन आउनुपर्छ, नेपाली प्रेसमा पूजीविहिनता, सामग्रीहरू छनोटको समस्या हटाउनुपर्छ ।’’

सञ्चार क्षेत्रको प्रगतिशील कानुन र व्यवस्था प्रेस चौतारीको अगुवाइमा भएका र अझै पनि देशमा प्रेसमैत्री सञ्चार कानुनहरू ल्याउन पहल गरिने पत्रकारका नेताहरुले बताएका छन् ।

‘‘तथ्यका आधारमा सत्य देखाउने पेशाकर्मीहरूको सङ्गठन प्रेस चौतारी नेपाल समृद्धिका लागि सञ्चार कर्म गरिरहेको छ ।,’’ पे्रस चौतारी नेपालमा अध्यक्ष गणेश बस्नेतले भन्नुभयो, ‘‘सञ्चार क्षेत्र प्रश्न उठाउने मात्रै होइन समृद्ध देश बनाउने अभियानको हिस्सेदार बन्न चाहान्छ ।’’ नेपाल पत्रकार महासंघको नेतृत्वमा महिला स्थापित गरेर महत्त्वपूर्ण उपलब्धि हासिल गरेको उहाँले बताउनुभयो ।

कार्यक्रममा एमालेमा स्थायी कमिटी सदस्यहरु खगराज अधिकारी, कर्णबहादुर थापा, पोलिट व्यूरो सदस्यहरु नारदमूनि राना, लिला भण्डारी, सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णप्रसाद जैसीले पे्रसको भूमिका रचनात्मक हुनुपर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासंघका सुदूरपश्चिम प्रदेश अध्यक्ष भरत शाहले सङ्घीयता अनुसार सरकारले सञ्चार क्षेत्रलाई व्यवहार गर्न आग्रह गर्नुभयो ।

२४ जनालाई सम्मान र पुरस्कार

कार्यक्रम उत्कृष्ट कार्य गरे वापत प्रेस चौतारी नेपाल कैलाली र दार्चुला शाखालाई सम्मान गरेको छ । कर्ण बोहरा स्मृति पत्रकारिता पुरस्कारबाट सुरेशसिंह धामी (कञ्चनपुर) र कल्पना बोहरा (अछाम) लाई प्रदान गरिएको छ ।

केन्द्रीय अध्यक्ष गणेश बस्नेत र सचिव लोक्शरी कुँवरलाई सम्मान गरेको छ । यस्तै पत्रकारितामार्फत समाज र सङ्गठनलाई सहयोग पुगेको भन्दै पत्रकार हरिप्रसाद जोशी, हेमन्त पौडेल, बीरबहादुर चन्द, प्रकाशविक्रम शाह, लक्की चौधरी, वीरेन्द्र रावल, मात्रिका तिमिल्सेना, गोविन्द रोश्यारा, विष्णु अवस्थी, दीपक ओली, करा ताम्राकार, राजेन्द्र नाथ, राजेन्द्र विष्ट, निमा काफ्ले, कर्णबहादुर चन्द, सर्पलाल गिरी, नवराज भण्डारी, रामहरी ओझा, कृष्णबहादुर शाही र नरेन्द्र साउदलाई सम्मान गरेको छ ।

 

१७ फाल्गुन २०८१, शनिबार ०९:२९ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०