राष्ट्रिय सभा अन्तरगतको विधायन व्यवस्थापन समितिको बैठक सोमबार बस्दै छ ।संघीय संसद सचिवालयले बैठक दिउँसो १ बजे सिंहदरबारस्थित समितिको बैठक कक्षमा बस्ने तय भएको जनाएको छ ।बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा विज्ञसँग छलफल हुने एजेन्डा यसअघि नै तय भइसकेको छ।
१९ फाल्गुन २०८१, सोमबार ०७:२६ मा प्रकाशित