८ चैत्र २०८१, शनिबार
Follow us :

गगन थापा, विश्वप्रकाश शर्मा र शेखर कोइरालासहित कांग्रेस नेताहरू भैरहवामा जुट्दै

कान्तिपुर प्रेस

कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा आजदेखि भैरहवामा राष्ट्रियस्तरको दुई दिने प्रशिक्षण कार्यक्रम हुँदैछ। प्रशिक्षणका लागि देशभरका १६५ क्षेत्रीय सभापतिहरू यहाँ भेला भएका छन् । पहिलो दिन सोमबार सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने र प्रशिक्षणको उद्घाटन गर्ने कार्यक्रम छ ।

प्रशिक्षणमा सहभागी हुन सभापति देउवा अहिले बिहान काठमाडौँबाट भैरहवा आउँदै छन् ।

नीति अनुसन्धान प्रतिष्ठानका प्रमुख एवम् उपसभापति पूर्णबहादुर खड्काका अनुसार सोमबार र मंगलबार हुने प्रशिक्षणमा मुलुकभरका क्षेत्रीय सभापति, क्षेत्रीय प्रशिक्षण प्रतिष्ठान प्रमुख र एउटै निर्वाचन क्षेत्र भएका जिल्लाका सभापति र उपसभापति समेत गरेर ३ सय ३० जनाभन्दा बढी नेता कार्यकर्ताहरू भैरहवा आएका छन् । प्रशिक्षणमा पार्टीलाई कसरी संस्थागत र बलियो बनाउने भन्ने विषयमा छलफल हुनेछ ।

प्रशिक्षणका लागि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा पनि सोमबार आउँदै छन् । गृहमन्त्री रमेश लेखक पनि सोमबार नै भैरहवा आउने कार्यक्रम रहेको जनाइएको छ । नेता शेखर कोइराला र मिनेन्द्र रिजाल लगायत नेताहरू भने शनिवारदेखि नै रुपन्देहीमै छ

 

 

१९ फाल्गुन २०८१, सोमबार १०:५४ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०