४ माघ २०८२, शनिबार
Follow us :

जेलेन्स्कीको स्पष्ट सन्देश: शान्ति सम्झौताका नाममा युक्रेनले भूमि गुमाउने छैन

कान्तिपुर प्रेस

युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की ले अमेरिका संग खनिज सम्झौता गर्न अझै पनि तयार रहेको बताएका छन्। तर, उनले युक्रेनले आफ्नो सुरक्षा प्रत्याभूति नपाएसम्म सम्झौता नहुने स्पष्ट पारेका छन्।

अमेरिकासँगको विवादपछि बेलायतमा कूटनीतिक वार्ता

ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति जेडी भेन्स संगको चर्काचर्कीपछि बेलायत पुगेका जेलेन्स्कीले पत्रकारहरूसँग कुरा गर्दै अमेरिकासँग सहकार्य गर्ने इच्छा व्यक्त गरेका छन्। तर, उनले शान्ति सम्झौताका नाममा रुसलाई कुनै पनि भूभाग नछोड्ने स्पष्ट पारे।

उनले भने, “हाम्रा साझेदारहरूले यो युद्धमा आक्रमणकारी को हो भनेर स्पष्ट बुझ्नुपर्छ।”

युरोपेली देशहरू शान्ति योजनाको तयारीमाबे लायती प्रधानमन्त्री केयर स्टार्मर को नेतृत्वमा लन्डनमा आयोजित युरोपेली शिखर सम्मेलन मा युरोपेली नेताहरू युक्रेन युद्ध रोक्न अमेरिकासँग छलफल गर्न इच्छुक देखिएका छन्।

सम्मेलनमा युक्रेन शान्ति योजनाको मस्यौदा तयार पार्ने र अमेरिकी राष्ट्रपति ट्रम्पसँग छलफल गर्ने सहमति भएको छ। सहभागी नेताहरूमा समावेश थिए:

-फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रों

-युरोपेली आयोगकी अध्यक्ष उर्सुला भान डेर लियोन

-युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टा

-१८ युरोपेली देशका राष्ट्र तथा सरकार प्रमुखहरू

अब के हुन्छ?

युक्रेनको सुरक्षा प्रत्याभूति बिना सम्झौता नहुने जेलेन्स्कीको अडानले अमेरिका-युक्रेन सम्बन्धमा नयाँ चुनौती खडा गरेको छ। अब यो विषयमा अमेरिकी राष्ट्रपति ट्रम्पको जवाफ कस्तो आउँछ भन्ने प्रतीक्षा हुनेछ।

 

२० फाल्गुन २०८१, मंगलवार ०७:०८ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०