२२ मंसिर २०८२, आईतवार
Follow us :

नेपाल राष्ट्र बैंकद्वारा ग्लोबल मनी विक २०२५ मनाउने तयारी

यो कार्यक्रममा वित्तीय प्रणालीमा आबद्ध संस्थाहरूको सक्रिय सहभागिता रहने बताइएको छ। यसको अतिरिक्त विभिन्न गैरसरकारी संस्था र अन्य सरोकारवाला संघसंस्थाहरू पनि यस अभियानमा आबद्ध हुनसक्ने भएकोले वित्तीय साक्षरता अभिवृद्धिमा क्रियाशील सम्पूर्ण संघसंस्था र निकायहरूलाई यस अभियानमा सहभागी भई ग्लोबल मनी विक २०२५ भव्य रूपमा मनाउनका लागि आह्वान गर्दै आफ्ना कार्यक्रमहरूको जानकारी उपलब्ध गराउन राष्ट्र बैंकले अनुरोध गरेको छ।

कान्तिपुर प्रेस

नेपाल राष्ट्र बैंकले आज, मार्च १७ तारिख अर्थात चैत ४ गतेदेखि मार्च २३ (चैत १० गते) सम्म ग्लोबल मनि विक २०२५ मनाउने तयारी गरेको छ।

बालबालिका र युवाहरूमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सीप, मनोवृत्ति र व्यवहारको विकास गर्ने उद्देश्यका साथ आर्थिक सहयोग र विकास संगठन (ओइसिडि) को संयोजनमा सन् २०१२ देखि हरेक वर्ष ग्लोबल मनी विक विश्वभर मनाउने गरिएको छ।

यसै सन्दर्भमा राष्ट्र बैंकले आजदेखि चैत १० गतेसम्म ‘थिङ्क बिफर यु फलो, वाइज मनि टुमरो’ भन्ने नाराका साथ ग्लोबल मनी विकको १३ औं श्रृखला मनाउन लागेको हो।

यो विश्वव्यापी वित्तीय चेतनामूलक अभियान हालसम्म १७६ मुलुकका छ करोडभन्दा बढी बालबालिका र युवामाझ पुगिसकेको छ। नेपालमा यस वर्ष पनि नेपाल राष्ट्र बैंकले राष्ट्रिय संयोजकको भूमिका निर्वाह गर्दै ग्लोबल मनी विक मनाइदैछ।

यो कार्यक्रममा वित्तीय प्रणालीमा आबद्ध संस्थाहरूको सक्रिय सहभागिता रहने बताइएको छ। यसको अतिरिक्त विभिन्न गैरसरकारी संस्था र अन्य सरोकारवाला संघसंस्थाहरू पनि यस अभियानमा आबद्ध हुनसक्ने भएकोले वित्तीय साक्षरता अभिवृद्धिमा क्रियाशील सम्पूर्ण संघसंस्था र निकायहरूलाई यस अभियानमा सहभागी भई ग्लोबल मनी विक २०२५ भव्य रूपमा मनाउनका लागि आह्वान गर्दै आफ्ना कार्यक्रमहरूको जानकारी उपलब्ध गराउन राष्ट्र बैंकले अनुरोध गरेको छ।

३ चैत्र २०८१, सोमबार ०६:५९ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०