६ बैशाख २०८२, शनिबार
Follow us :

नेपालमा अझै पनि टुजी प्रयोगकर्ता थ्रिजीभन्दा चार गुणा बढी

कान्तिपुर प्रेस

नेपालमा थ्रिजीको तुलनामा टुजी चलाउने ग्राहकको सङ्ख्या चार गुणा बढी छ । सेवा प्रदायक कम्पनीहरूले आफ्नो ध्यान फोरजीमा केन्द्रित गरेसँगै थ्रीजी करिब करिब बन्द हुने अवस्थामा पुगेको हो ।

नियामक नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो एमआईएस रिपोर्ट अनुसार नेपालमा थ्रिजी मोबाइल सेवा प्रयोग गर्ने ग्राहकको सङ्ख्या ९ लाख २३ हजार ६५६ मात्र छ । जब कि टुजी सेवाका प्रयोगकर्ता करिब चार गुणा बढी अर्थात ३३ लाख ६२ हजार २९६ रहेका छन् ।

यद्यपि मोबाइल ब्रोडब्यान्डमा फोरजीमा सबैभन्दा बढी ग्राहक रहेका छन् । तथ्याङ्क अनुसार हाल नेपालमा कूल दुई करोड ५० लाख ७५ हजार ४१९ प्रयोगकर्ताले फोरजी मोबाइल सेवा चलाउने गरेका छन् ।

ग्राहक घट्दै गएपछि एनसेलले यसै वर्षदेखि थ्रिजी सेवा बन्द गर्ने घोषणा गरिसकेको छ । उता नेपाल टेलिकम समेत १८०० मेगाहर्ज फ्रिक्वेन्सी ब्यान्डमा रहेको टुजी सेवा बन्द गर्ने घोषणा गरिसकेको छ । कतिपय स्थानमा कम्पनीले टुजीबाट थ्रीजीमा नभई सिधै फोरजी सेवा सुरु गरिरहेको छ ।

यद्यपि टेलिकमले थ्रिजी बन्द गर्ने घोषणा भने गरिसकेको छैन । हाल थ्रीजी तर्फ नेपाल टेलिकमका ग्राहक ७ लाख ८२ हजार ३०० रहेका छन् भने एनसेलमा एक लाख ३८ हजार ५६१ मात्र बाँकी छन् ।

 

३ चैत्र २०८१, सोमबार ०७:०५ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०