१ माघ २०८२, बुधबार
Follow us :

१२ घण्टासम्म लोडसेडिङको सम्भावना, उद्योगीहरू चिन्तित

कान्तिपुर प्रेस

भारतले साँझ ६ देखि बिहान ६ बजेसम्मका लागि विद्युत् आपूर्ति बन्द गरेपछि सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योगहरू प्रभावित हुने देखिएको छ। उद्योगीहरूले १२ घण्टासम्म लोडसेडिङ हुन सक्ने चिन्ता व्यक्त गरेका छन्।

उद्योग सङ्गठन मोरङका अध्यक्ष राकेश सुरानाका अनुसार, औद्योगिक क्षेत्रमा गत पुसदेखि दैनिक चारदेखि छ घण्टासम्म विद्युत् कटौती हुँदै आएको अवस्थामा रातभर आपूर्ति बन्द हुनु गम्भीर समस्या हुने बताउनुभयो। नेपाल विद्युत् प्राधिकरणलाई विद्युत् आपूर्ति सहज बनाउन आग्रह गरिसकेको उहाँले जानकारी दिनुभयो।

मोरङ व्यापार सङ्घका अध्यक्ष अनुपम राठीका अनुसार, यदि विद्युत् आपूर्ति बन्द भयो भने उद्योगहरूको उत्पादन ७० प्रतिशतसम्म घट्ने सम्भावना छ। पछिल्ला पाँच वर्षयता सुक्खा मौसममा विद्युत् आपूर्तिमा समस्या देखिँदै आएको भए पनि ट्रान्समिसन लाइन निर्माणपछि समस्या समाधान हुने आशा गरिएको थियो। तर भारतको निर्णयपछि उद्योगीहरू निराश भएका छन्।

नेपाल विद्युत् प्राधिकरण, दुहबी ग्रिडका प्रमुख रोशन खड्काका अनुसार, भारतले चैत ३ गतेदेखि ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनबाट साँझ ६ देखि बिहान ६ बजेसम्म विद्युत् आपूर्ति बन्द गरेको छ। यसले ५०० मेगावाट विद्युत् अभाव सिर्जना गर्ने भएकाले औद्योगिक क्षेत्रमा कटौती गर्नुको विकल्प नरहेको उहाँले बताउनुभयो।

 

६ चैत्र २०८१, बिहीबार ०६:५९ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०