६ बैशाख २०८२, शनिबार
Follow us :

गणतन्त्र पक्षधर दलहरूको बैठक कांग्रेसद्वारा आह्वान, राजावादी आन्दोलनको समीक्षा गरिने

कान्तिपुर प्रेस

सत्तारुढ दल नेपाली कांग्रेसले गणतन्त्र पक्षधर दलहरूको बैठक बोलाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पार्टी पदाधिकारी, पूर्वपदाधिकारी र मन्त्रीहरूको बैठकले गणतन्त्र पक्षधर राजनीतिक दलहरूको बैठक बोलाउने निर्णय गरेको हो ।

बैठकमा पछिल्लो राजनीतिक परिस्थितिको समीक्षा हुने कांग्रेस नेताहरूले बताएका छन् । आज साँझ सभापति देउवानिवास बुढानीलकण्ठमा सरकारमा रहेका र प्रतिपक्षमा रहेका गणतन्त्र पक्षधर सबै दलको बैठक बस्ने कांग्रेस मुख्य सचेतक श्याम घिमिरेले जानकारी दिए ।

गणतन्त्रवादी दलहरूले राजावादी आन्दोलनको क्रममा भएको तोडफोड र लुटपाटको जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने बताएका छन् । राप्रपाले भने सरकारले दमन गरेपछि प्रतिवाद भएको दाबी गरेको छ । पक्राउ गरेका सबैलाई रिहा गर्न पनि राप्रपाले माग गरेको छ ।

 

१६ चैत्र २०८१, आईतवार ११:२० मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०