२७ माघ २०८२, सोमबार
Follow us :

“द लिटिल शाइनिङ स्टार – सिजन १” को फिनालेमा बाल प्रतिभाको चम्किलो प्रस्तुति

कान्तिपुर प्रेस

क्लासिक इन्टरनेशनल इभेन्ट म्यानेजमेन्ट प्रा.लि.को आयोजनामा आयोजना गरिएको बाल प्रतिभा प्रतियोगिता ‘द लिटिल शाइनिङ स्टार – सिजन १’ को फिनाले कार्यक्रम बुधबार राजधानीको राष्ट्रिय नाचघर, जमलमा भव्य रूपमा सम्पन्न भएको छ।

बालबालिकाको कला, आत्मविश्वास र व्यक्तित्व प्रस्तुत गर्न आयोजित सो प्रतियोगितामा विभिन्न उमेर समूहका बालप्रतिभाहरूले आफ्नो क्षमता प्रदर्शन गर्दै विभिन्न शीर्षकमा उपाधि जितेका छन्।

प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीहरू विजेता बनेका छन्। किड्स श्रेणीमा Euro Star School का अभिक भट्ट र सौनन्ध्या बराल विजेता बनेक छन् ।

त्यसैगरी, जुनियर श्रेणीमा Elite Grand School का अल्फान भट्टराई र St. Mary’s School की सान्भी महर्जन विजेता बनेका छन् ।

सिनियर श्रेणीतर्फ Xavier International School का निमोन श्रेष्ठ र पल्लवी बस्नेतले उपाधि जिते र ‘भ्युअर्स च्वाइस अवार्डमा निमोन श्रेष्ठ र पल्लवी बस्नेत विजेता घोषित भए।

कार्यक्रममा सहभागी सबै प्रतिस्पर्धीहरूलाई मुल उपाधिसँगै विभिन्न सबटाइटल अवार्डहरू प्रदान गरिएको थियो। सौनन्ध्या बरालले ‘बेस्ट स्माइल’, अभिक भट्टले ‘मोस्ट इन्टेलेक्चुअल’, शरन्या प्याकुरेलले ‘बेस्ट पर्सनालिटी’, अल्फान भट्टराईले ‘मोस्ट एक्टिभ’, डिचेन शेर्पाले ‘मोस्ट कन्फिडेन्ट’, शास्वत पाण्डेले ‘मोस्ट एक्सप्रेसिभ’, कुंगा पाल्मु शेर्पाले ‘मोस्ट ट्यालेन्टेड’, यश्विन पाण्डेले ‘मोस्ट कन्फिडेन्ट’, सान्भी महर्जनले ‘बेस्ट वाक’, समन राईले ‘मोस्ट स्टाइलिस’, आराध्या पौडेलले ‘मोस्ट कन्फिडेन्ट’, अम्शु राईले ‘बेस्ट स्पीच’, प्रज्वल गौतमले ‘मोस्ट डिसिप्लिन’ लगायत विभिन्न विधामा अवार्ड प्राप्त गरेका छन्।

त्यसैगरी, निमोन श्रेष्ठ र पल्लवी बस्नेतले “सिनियर क्याटेगोरी” जित्न सफल भएका छन् भने पल्लवी बस्नेतले ‘मोस्ट एलेगेन्ट’ र ‘मोस्ट पपुलर’ उपाधिसमेत हात पारेकी छन्।

कार्यक्रमका मुख्य निर्णायक अन्तर्राष्ट्रिय मोडल तथा अभिनेता दिपक घिमिरे थिए भने अन्य निर्णायकहरूमा चलचित्र निर्माता तथा अभिनेत्री सबिता रेग्मी, मोडल तथा अभिनेत्री सुस्मिता श्रेष्ठ र मिसेस भोग तथा टुरिजम क्विन इन्टरनेशनल सुमी मल्ल रहेकी थिइन्।

कार्यक्रमको आयोजक दिपा थानी हुन् भने कोरियोग्राफर लभिन अन्सारी र सहायक कोरियोग्राफर रानी खरेलले प्रतिस्पर्धीहरूको प्रस्तुति निर्देशन गरेका थिए।

प्रतियोगिताले प्रतिभावान बालबालिकाहरूको व्यक्तित्व विकास र आत्मविश्वास अभिवृद्धिमा सहयोग पुर्‍याउने आयोजक संस्थाले जनाएको छ।

१८ असार २०८२, बुधबार २२:१७ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०