२ माघ २०८२, बिहीबार
Follow us :

हिमालयन लाइफमा तीन अभिकर्ताको ऐतिहासिक सफलता: बीमा व्यवसायमा करोडौंको कारोबार

कान्तिपुर प्रेस

काठमाडौं — जीवन बीमा क्षेत्रको अग्रणी संस्था हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीमा आवद्ध तीन जना अभिकर्ताले गत आर्थिक वर्षमा उल्लेखनीय सफलता हासिल गरेका छन्। बिमल ढकाल, रबिन्द्र तिमल्सीना, र सूर्य प्रसाद बरालले व्यक्तिगत कोडबाट करोडौंको कारोबार गर्दै कम्पनीका सर्वोत्कृष्ट अभिकर्ता बन्ने गौरव प्राप्त गरेका हुन्।

बिमल ढकाल (नेपालगञ्ज शाखा)  

ढकालले व्यक्तिगत कोडबाट रु. १,६४,३९,००० को कारोबार गर्दै देशभरका हजारौं अभिकर्तालाई उछिन्दै नेपाल टप अभिकर्ता बन्न सफल भए।

उनका अनुसार, सफल अभिकर्ता बन्ने सूत्र भनेको योजना, कलाको प्रयोग, र बीमितको आवश्यकता अनुसारको प्रस्ताव हो। उमेरअनुसारको पोलिसी र बीमितको रोजाइलाई ध्यान दिएमा दीर्घकालीन विश्वास कायम हुन्छ।

रबिन्द्र तिमल्सीना (चापागाउँ शाखा)  

तिमल्सीनाले रु. १,१४,९३,००० को कारोबार गर्दै दोस्रो स्थान हासिल गरे।

उनले बीमालाई केवल सुरक्षा नभई मानव सेवा र आशाको माध्यम मानेका छन्। “बीमा मेरो प्रतिज्ञा हो — जहाँ म हरेक विपत्तिमा विश्वासको साथी बन्छु,” भन्ने उनको भनाइले बीमा व्यवसायको भावनात्मक पक्ष उजागर गर्छ।

– सूर्य प्रसाद बराल (लामाचौर बगर शाखा)  

बरालले रु. १,०४,९५,००० को कारोबार गर्दै तेस्रो स्थानमा स्थान बनाए।

१४ वर्षदेखि बीमा क्षेत्रमा सक्रिय बरालले पाँच पटक नेपाल टप र लगातार १० पटक MDRT लक्ष्य प्राप्त गरेका छन्।  उनले बीमालाई जीवनको सुरक्षा योजना मात्र नभई सचेतना अभियानको रूपमा पनि अघि बढाएका छन्।

बीमा व्यवसायको सामाजिक प्रभाव

तीनै अभिकर्ताले हजारौं मानिसको जीवनमा सुरक्षा, भविष्यको योजना, र विश्वासको वातावरण निर्माण गरेका छन्।

पछिल्लो समय फोर्सफुल बीमा गराउने प्रवृत्ति बढ्दो छ, तर ढकालको सुझाव अनुसार यदि बीमितको शिरको भार अनुसारको बीमा गराइयो भने दीर्घकालीन सफलता सम्भव हुन्छ।

कम्पनीको योगदान

हिमालयन लाइफ इन्स्योरेन्सले अभिकर्ताको क्षमता अभिवृद्धिका लागि तालिम, मार्गदर्शन, र सम्मान कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

देशभरका शाखा सञ्जाल र हजारौं सक्रिय अभिकर्तामार्फत कम्पनीले जीवन बीमा सचेतना फैलाउने कार्यमा उल्लेखनीय भूमिका निर्वाह गरिरहेको छ।

 

 

 

७ श्रावण २०८२, मंगलवार २१:११ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०