२७ माघ २०८२, सोमबार
Follow us :

देशभर मनसुन सक्रिय, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

कान्तिपुर प्रेस

काठमाडौं, साउन १२ — जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेकोले देशका अधिकांश भागमा वर्षा भइरहेको छ।

आज बिहान काठमाडौं उपत्यकासहित कोशीदेखि सुदूरपश्चिमसम्म हल्कादेखि मध्यम वर्षा भएको छ। पछिल्लो २४ घन्टामा सिन्धुपाल्चोकको नुर्पुगाउँमा १२२.२ मिमी र धनकुटाको त्रिवेणीमा ११२.६ मिमी वर्षा मापन गरिएको छ।

 दिउँसोको मौसम पूर्वानुमान
देशभर सामान्यतया बदली रहनेछ।गण्डकी, बागमती, सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना।  बागमती, गण्डकी, लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने चेतावनी।

रातिको मौसम पूर्वानुमान
देशभर सामान्य बदली रहनेछ।गण्डकी, सुदूरपश्चिम लगायत पहाडी क्षेत्रहरूमा मेघगर्जनसहित मध्यम वर्षा सम्भव। केही स्थानमा भारी वर्षा पनि हुन सक्छ।

 सतर्कता र जोखिम
भारी वर्षाका कारण बाढी, पहिरो, सडक अवरोधको सम्भावना रहेकोले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। विशेष गरी पहाडी तथा नदी किनारका बासिन्दालाई सतर्क रहन अनुरोध।

१३ श्रावण २०८२, सोमबार ०६:५३ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०