५ बैशाख २०८३, शनिबार
Follow us :

गगन–शेखर एक-अर्काविरुद्ध : गगन पक्षको ‘जाल’ कि कोइरालाको ‘घात’ ?

कान्तिपुर प्रेस

काठमाडौं, साउन १३ – बागमती प्रदेशमा नेपाली कांग्रेसभित्र गहिरो दरार देखिएको छ। लामो समयदेखि एउटै गुटमा रहेका भनिएका महामन्त्री गगन थापा र वरिष्ठ नेता डा. शेखर कोइराला सत्ताको लडाइँमा एकअर्काका विपक्षमा उभिएको सनसनीपूर्ण मोड अहिले कांग्रेसको केन्द्रसम्म फैलिएको छ।

असली धमाका तब भयो जब कांग्रेस संसदीय दलको शुक्रबार बसेको बैठकमा मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्ध अविश्वास प्रस्तावमा मतदान हुँदा गगन पक्षीय सांसदहरू विपक्षमा उभिए भने शेखर पक्षीय सांसदहरूले लामालाई समर्थन जनाए। यसै एक मत विभाजनले मात्र होइन, पुरै पार्टीभित्र सशक्त ध्रुवीकरणको संकेत दिएको छ।

अविश्वास प्रस्तावमा २२ जना सांसद लामाको विपक्षमा, १५ जना पक्षमा उभिएपछि बहादुरसिंह लामा संसदीय दलको नेताबाट पदमुक्त भएका छन्।कांग्रेसका बागमती प्रदेशसभामा ३७ सांसद छन्। तर ती अहिले स्पष्ट दुई गुटमा बाँडिएको देखिन्छ।

गगन थापा निकट भनिएका ८ जना सांसद—पुकार महर्जन,प्रभात तामाङ,मीना पराजुली,छिरिङ दोर्जे लामा,याङकिला शेर्पा,सुरजचन्द्र लामिछाने,सुरेश श्रेष्ठ,श्रीराम लामिछाने,यी सबै लामालाई हटाउने पक्षमा उभिए।

अर्कोतर्फ, शेखर कोइराला पक्षका सांसद —रमेश महत, उत्तम जोशी  लगायतका नेताहरू लामाको पक्षमा अडिग देखिए। प्रकाशमान सिंह पक्ष पनि विभाजित रह्यो —उनका सांसदहरू कञ्चन वादे र दिपेन्द्र श्रेष्ठले गगन पक्षलाई समर्थन गरे, तर हरिप्रभा खड्गी भने लामाको साथमा रहिन्।

लामाको पक्षमा उभिएका १५ सांसद:बहादुरसिंह लामाकुन्दनराज काफ्ले,उत्तम जोशी,लक्ष्मी श्रेष्ठ,रमेशकुमार महत,हरिप्रभा खड्गी,रामकुमार पहाडी,क्षत्रबहादुर बम्जन,गिता गुरुङ,मसिना खड्का,तीर्थ लामा,रामकृष्ण चित्रकार,माया श्रेष्ठ,गोविन्द लम्साल,समिता खड्गी छन्।

लामाविरुद्ध उभिएका २२ सांसद:इन्द्र बानियाँ,शिवराज अधिकारीकञ्चन वादे,दिपेन्द्र श्रेष्ठ,पुकार महर्जन,बिनु रायमाझी पौडेल,यमुना देवी श्रेष्ठ,उर्मिला नेपाल केसी,शान्ता ढकाल,प्रभात तामाङ,छिरिङ दोर्जे लामा,मीना पराजुली,याङकिला शेर्पा,मीनकृष्ण महर्जन,बिमल ठकुरी,मदुकुमार श्रेष्ठ,सुरजचन्द्र लामिछाने,सुरेश श्रेष्ठ,श्रीराम लामिछाने,सुना परियार,श्यामबहादुर खड्का,कृष्णबहादुर तामाङ छन्।

पदच्युत भएपछि लामाले खुल्ला रूपमा असन्तोष प्रकट गरेका छन्।उनको भनाइमा, “मलाई योजनाबद्ध षड्यन्त्र गरी दलको नेताबाट हटाइएको हो। म कुनै हालतमा राजीनामा दिनेछैन। अविश्वास प्रस्तावको सामना गर्नेछु।”उनले ‘पार्टीभित्रैको खेल’ प्रति संकेत गर्दै गगन थापा पक्षमाथि अप्रत्यक्ष आरोप पनि लगाएका छन्।राजनीतिक विश्लेषकहरूको धारणा अनुसार यो विवाद केवल बागमतीको नेतृत्वमा सीमित छैन, गगन–शेखरबीचको असन्तुलनले आगामी महाधिवेशनको नेतृत्व प्रतिस्पर्धामा गहिरो प्रभाव पार्न सक्छ। पार्टी प्रवक्ता प्रकाशशरण महतका पक्षीय सांसद श्याम खड्कासमेत एकाएक पक्ष परिवर्तन गरेर लामाको विपक्षमा उभिनुले पार्टीको एकताको नारामा गम्भीर प्रश्न उठाएको छ।

 

१५ श्रावण २०८२, बुधबार ०६:४५ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०