१७ बैशाख २०८३, बिहीबार
Follow us :

बागमती प्रदेश कांग्रेस संसदीय दलको निर्वाचन : बानिया र लामाबीच पुनः प्रतिस्पर्धा हुने

कान्तिपुर प्रेस

हेटौडा, साउन १४ — नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलमा नेतृत्व परिवर्तनका लागि सुरु भएको विवादले निर्णायक मोड लिएको छ। दलका ३७ सांसदमध्ये २२ जना सांसदले सभापति इन्द्र बहादुर बानियाको पक्षमा सनाखत गरेपछि मुख्यमन्त्री बहादुर सिंह लामा संसदीय दलको नेताबाट पदच्युत भएका छन्।

इन्द्र बानियाले लामाविरुद्ध दर्ता गराएको अविश्वास प्रस्तावमा आवश्यक बहुमत जुटेपछि लामा नेतृत्वबाट हटेका हुन्। यो घटनासँगै आज दिउँसो २ बजे नयाँ नेताको चयनका लागि निर्वाचन हुँदैछ, जसमा फेरि पनि बानिया र लामा आमनेसामने हुने भएका छन्।

पद गुमाइसकेका बहादुर सिंह लामाले पुनः प्रतिस्पर्धा गर्ने तयारी गर्दै गर्दा पार्टीभित्र उनको उम्मेदवारीलाई लिएर नैतिकताको बहस उठेको छ। तर उनका पक्षधरहरू भने लामाको नेतृत्व क्षमता र टिम सशक्त रहेको भन्दै उनलाई पुनः उम्मेदवार बन्न आग्रह गरिरहेका छन्।

स्रोतहरूका अनुसार लामा आफैं पनि गोप्य मतदानमार्फत आफू विजयी हुने विश्वासमा छन्। आज हुने निर्वाचनले कांग्रेसको आन्तरिक शक्ति सन्तुलन मात्र होइन, सरकारको स्थायित्व र आगामी प्रदेश राजनीतिको दिशा समेत निर्धारण गर्नेछ।

 

 

 

१५ श्रावण २०८२, बुधबार ०८:५१ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०