४ माघ २०८२, शनिबार
Follow us :

सुन्धारा जेलबाट भागेका एक लेलेमा भेटिए

कान्तिपुर प्रेस

ललितपुर । जियन्जी आन्दोलनका क्रममा उत्पन्न परिस्थितिमा सुन्धारा जेलबाट भागेका कैदीमध्ये जबरजस्ती करणी मुद्दामा सजाय भोगिरहेका दीपक नेपाली समातिएका छन्।

फरार भएका उनलाई ललितपुरको लेले क्षेत्रका स्थानीय बासिन्दाले नियन्त्रणमा लिएर नेपाली सेनाको राजदल गणमा बुझाउने तयारी भइरहेको वडाध्यक्ष मिलन सिलवालले जानकारी दिएका छन्।

आन्दोलनका कारण सुरक्षामा देखिएको खाडललाई उपयोग गर्दै कैदीहरू फरार भएका थिए । जेलबाट भाइका कैदीहरू गाउँतिर छिर्न थालेपछि स्थानीयहरू त्रसित भएका छन्।

 

२६ भाद्र २०८२, बिहीबार २१:२७ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०